२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपुर थिमिमा स्त्रीरोग र मिर्गाैला सम्वन्धि नि:शुल्क स्वास्थ्य शिविर



अ+ अ-

मध्यपुर थिमि । हिमालयन सोसियल वेल्फेयर अर्गनाइजेशन नेपाल तथा पेरिस, फ्रान्सको फाउण्डेशन ‘एस’ को संयुक्त आयोजनामा एकदिने वृहत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

आदर्श मावि लायकु (दरवार क्षेत्र) हातामा शनिबार आयोजना गरिएको उक्त शिविरमा सामान्य स्वास्थ्य परिक्षणको साथै महिला सम्वन्धि रोग र मिर्गौला रोगको परिक्षण र विशेषज्ञ सेवा समेत दिई नि:शुल्क औषधि वितरण गरिएको थियो ।

१५ देखि ८० वर्ष उमेरसम्मका स्थानीय वासिन्दा सहभागी भएको शिविरमा २ सयजनाको स्वास्थ्य परिक्षण गर्दा १८ जनालाई मिर्गाैलासम्वन्धि समस्य देखिएको र १५ जना महिलामा स्त्रीरोगबारे समस्या देखिएकोले उनीहरुको थप परिक्षण र उपचारको लगि तत्काल सम्वन्धित अस्पतालमा जान सल्लाह दिइएको थियो ।

वरिष्ठ मिर्गाैलारोग विशेषज्ञ डा.ऋृषिकुमार काफ्ले आवद्ध रहेको संस्थाहरु मिर्गाैला बचाउ अभियान, राष्ट्रिय मिर्गाैला रोग उपचार केन्द्र, नेपाल मेडिसिटि अस्पतालको नेप्रोलोजी तथा मिर्गाैला प्रत्यारोपण विभाग, मिनोपज सोसाइटी अफ नेपाल, बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र ताइवानको संस्था ‘चुु ची’ इन्टरनेशनल मेडिकल एशोसियनको संयुक्त प्राविधिक सहयोगमा सो स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

शिवीरमा मिर्गाैला बचाऊ अभियान संस्थाका अध्यक्ष एवम् वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्ले सहित मिर्गाैलारोग विशेषज्ञ तथा प्राविधिकहरु, मिनोपज सोसाइटी अफ नेपालकी अध्यक्ष डा.चन्दा श्रीवास्तवको साथै स्त्रीरोग विशेषज्ञहरुको टोली तथा ‘चुु ची इन्टरनेशनल मेडिकल एशोसियसनका देशीय प्रतिनिधि डा.निर्देश शाक्य सहितको टोलीले नि:शुल्क स्वास्थ्य परीक्षण तथा परामर्श दिएको थियो । स्वास्थ्य टोलीमा विशेषज्ञ, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु गरि ४० जना सहभागि थिए ।

शिविरमा सहयोग गर्ने स्वास्थ्यकर्मीहरुलाई हिमालयन सोसियल वेल्फेयर अर्गनाईजेशनकी अध्यक्ष रत्नकेशरी श्रेष्ठ तथा कार्यकारी निर्देशक अनुपमा श्रेष्ठले मायाको चिनो प्रदान गर्नुभयो ।

शिविर समापनको अवसरमा कार्यकारी निर्देशक अनुपमा श्रेष्ठले नीजी तथा सरकारी संस्थासंग हातेमालो गर्दै सामाजिक काम गर्नुपर्ने बताउनुभयो ।