२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपको लागि अमेरिकाले बनायो मोड्युलर स्टेडियम, अष्ट्रेलियाबाट मगाईयो पिच



अ+ अ-

एजेन्सी । अमेरिका र वेस्ट इन्डिजमा जुन २ बाट टी–२० विश्वकप सुरु हुँदैछ । विश्वकपका खेलहरू वेस्ट इन्डिजका ६ र अमेरिकाका तीनवटा स्टेडियममा खेलाइने भएको छ । आगामी विश्वकपका लागि तयार पारिएको अमेरिकाको तीनमध्ये एउटा स्टेडियमको चर्चा यतिबेला निकै चुलिएको छ । त्यो हो न्युयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियममा ।

नासाउ काउन्टी अस्थायी स्टेडियम हो, जुन करिब २५० करोडको लागतमा बनाइएको छ । गत मे २१ मा उसैन बोल्टले यसको उद्घाटन गरेका थिए । यसमा अष्ट्रेलियामा बनेको पिचको प्रयोग गरिएको छ । साथै दर्शकहरु बस्नका लागि फर्मुला–१ स्ट्याण्ड समेत राखिएको छ । भारत र पाकिस्तानबीचको खेलसँगै यहाँ विश्वकपका कुल ८ वटा खेल हुनेछन् ।

नासाउ काउन्टी स्टेडियम पहिलो मोड्युलर क्रिकेट स्टेडियम हो। विश्वकप सकिए लगत्तै यो स्टेडियमलाई पुन: पार्कमा परिणत गरिने छ । यो स्टेडियम तयार पार्न स्टिल र सजिलै हटाउन सकिने धातुहरूको प्रयोग गरिएको छ । यो स्टेडियममा फुटबल र बेसबल स्टेडियममा प्रयोग गरिने बरमुडा घास पनि लगाइएको छ ।

टी–२० विश्वकपका लागि ६ महिनाभित्र न्यु योर्कमा नयाँ स्टेडियम बनाउनु पर्ने बाध्यता थियो । समयको अभाव र वातावरणीय दिगोपन हेरेर कम्पनिले मोडुलर रंगशालाको विकल्प रोजेको थियो। विश्वकप सकिएपछि यो स्टेडियमलाई पहिलेकै अवस्थामा ल्याएर स्थानीय समुदायलाई हस्तान्तरण गरिने बताइएको छ ।

न्यूयोर्कस्थित यो स्टेडियममा ३४ हजार दर्शकको क्षमता रहेको छ । स्टेडियममा सामान्य स्ट्यान्डबाहेक भिआईपी लाउन्ज र प्रेस बक्स पनि तयार पारिएको छ ।

नासाउ स्टेडियममा ड्रप-इन पिचको प्रयोग

नासाउको मोड्युलर स्टेडियममा ड्रप-इन पिच प्रयोग गरिएको छ। यो स्टेडियमका लागि १० वटा पिच अस्ट्रेलियाको एडिलेड सहरमा तयार पारिएको थियो । करिब ३० टन भारी ती पिच गत डिसेम्बरमा पानी जहाजमार्फत अमेरिकाको फ्लोरिडा ल्याइएको थियो । फ्लोरिडामा ५ महिनाको लागि पिच तयार गरी मेमा नासाउ स्टेडियममा फिट गरिएको थियो।

फ्लोरिडाबाट न्यूयोर्कसम्म सडकबाट १० पिचहरू ढुवानी गर्न करिब ४ दिन लागेको थियो। यसका लागि ३० टनभन्दा बढी सामान बोक्ने ट्रक र कन्टेनरको प्रयोग गरिएको थियो । यस अवधिमा सर्वसाधारणका लागि सडक प्रयोगमा रोेकिएको थियो ।

ड्रप-इन पिच किन बनाईयो?

बोर्डले टी–२० विश्वकपका लागि रंगशाला र पिच तयार गर्न निकै कम समय पाएको छ । त्यसैले ड्रप-इन पिच अष्ट्रेलियामा बनाइयो र अमेरिकामा डेलिभर गरियो। यो पिच एडिलेड ओभल टर्फ सोलुसन कम्पनीले अमेरिकाको ल्यान्डटेक कम्पनीसँगको सहकार्यमा निर्माण गरेको हो । परियोजनाको नेतृत्व एडिलेड स्टेडियमका हेड पिच क्युरेटर डेमियन होगले गरेका थिए।

आईसीसी इभेन्ट हेड क्रिस टेटलीले न्युयोर्कको मौसम पिच तयार राख्नका लागि उपयुक्त नभएकाले न्युयोर्कको सट्टा फ्लोरिडामा ५ महिना पिच राखिएको जानकारी दिए ।

यसअघि नि गरिएको थियो ड्रप-इन पिचको प्रयोग

यसअघि पनि टी-२० विश्वकपमा ड्रप-इन पिच प्रयोग गरिएको थियो ।अष्ट्रेलियाको एडिलेड ओभल मैदानको पिचपनि ड्रप-इन पिच हो । २०१३ देखि प्रयोगमा ल्याईएको यस पिचमा २०२२ को टी-२० विश्वकप खेलाइएको थियो।

न्यूजिल्याण्डको इडेन पार्क स्टेडियममा पनि ड्रप-इन पिचको प्रयोग गरिएको छ । २०१५को ओडिआई विश्वकप खेलहरू यहाँ आयोजित भएका थिए।