२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको आइजोलमा ढुङ्गाको थुप्रो खस्दा १० जनाको मृत्यु



अ+ अ-

आइजोल । लगातार वर्षापछि मिजोरामको राजधानी आइजोलमा ढुङ्गाको थुप्रो खस्दा दश जनाको ज्यान गएको प्रहरी अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार, आइजोलको बाहिरी इलाकामा भारी वर्षाका कारण भएको घटनामा मिजोरामका प्रहरी महानिर्देशक अनिल शुक्लाले सुरुमा सात जनाको मृत्यु भएको पुष्टि भएपनि रिपोर्टमा मृतकको सङ्ख्या बढेर दश पुगेको छ ।

दुर्घटनाका कारण मानिसको मृत्यु हुनुका साथै रूख तथा बिजुलीका खम्बाहरू उखडिएका छन् भने बाढीका कारण धेरै सडक दुर्गम भएका छन् । मिजोरामका डीजीपीले राज्यका विभिन्न भागबाट धेरै पहिरोका घटना भइरहेके जनाएको छ ।

प्रहरी कर्मचारीहरू निरन्तर उद्धार कार्यमा संलग्न रहेको बताउँदै नदीको जलस्तर बढेकाले नदी किनारकामा बसोबास गर्ने मानिसलाई सुरक्षित स्थानमा सारिएको डीजीपीले बताउनुभयो ।

मिजोरमका मुख्यमन्त्री लालदुहोमाले राज्यभित्र प्रभावितलाई सहयोग गर्न राहतको प्याकेज घोषणा गरेका छन् । सूचना तथा जनसम्पर्क विभागले प्रभावित व्यक्तिलाई १५ करोड रुपैयाँ सहायता प्राप्त हुने र मृतकका आफन्तलाई रु चार लाख प्रदान गरिने बताएको छ ।

यसैबीच, बङ्गलादेशसँग सीमा जोडिएको मिजोरममा चक्रवात रेमलको केही पछिको प्रभावले राज्य प्रशासनलाई सावधानीका उपाय जारी गर्न प्रेरित गरेको छ । विपद् व्यवस्थापन, स्वास्थ्य सेवा र सार्वजनिक उपयोगिताका लागि आवश्यक बाहेक सबै सरकारी कार्यालय सन् २०२४ मे–२८ मा बन्द गर्ने आदेश दिइएको छ ।

सो राज्य प्रशासनले विज्ञप्ति जारी गर्दै खराब मौसम र भारतीय मौसम विज्ञान विभाग (आइएमडी)द्वारा साइक्लोन रेमलमा जारी गरिएको चेतावनीलाई ध्यानमा राख्दै, सरकारले विपद् व्यवस्थापन र पुन:वास, जिल्ला प्रशासन, स्वास्थ्य र परिवार कल्याण, ऊर्जा र बिजुली, स्वास्थ्य, आदि सेवा प्रदायक कार्यालय बाहेक मे–२८ मङ्गलबार सबै सरकारी कार्यालय बन्द गर्ने आदेश दिएको छ ।

सचिव तथा विभाग प्रमुखले आ–आफ्नो विभागका अधिकारी र कर्मचारीले सो दिन घरबाटै काम गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भारतीय मौसम विज्ञान विभाग (आइएमडी)ले विभिन्न क्षेत्रमा ४०–५० किलोमिटर प्रति घण्टादेखि ३५–४५ किलोमिटर प्रतिघण्टासम्मको आँधीबेहरीको चेतावनी जारी गरेको छ । मे –२८ २०२४ को साँझसम्म मौसम प्रतिकूलताको अवस्था रहने अनुमान गरिएको छ ।

दक्षिणमा हावाको गति ४०–५० किलोमिटर प्रतिघण्टादेखि ६० किलोमिटर प्रतिघण्टासम्म पुग्ने सम्भावना छ । असम र मेघालय, मिजोरम, त्रिपुरा र नागाल्यान्ड, मणिपुर र असमका बाँकी भागमा मे–२८ को दिउँसोसम्म ३५–४५ किलोमिटर प्रतिघण्टादेखि ५५ किलोमिटर प्रतिघण्टाको गतिमा घुम्ने सम्भावना छ । मे–२८ को साँझसम्म असम, मेघालय, मिजोरम र त्रिपुरामा ३५–४५ किलोमिटर प्रतिघण्टादेखि ५५ किलोमिटर प्रतिघण्टासम्म घट्ने सम्भावना छ ।