२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीमफेदी कार दुर्घटना: मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो



अ+ अ-

मनहरी । मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा कार दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन जना पुगेको छ । दुर्घटनामा परी अन्य दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित बेलुवाका २५ वर्षीय अर्जुन नेपाली र उनका तीनमहिने छोरी अजिता भित्रीकोटीको मृत्यु भएको हो । नेपालीलाई उपचारका लागि बुधबार राति हेटौँडा अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषित गरेका उहाँले बताउनुभयो ।

दुर्घटनामा परी मृत्यु भएका कारका चालक काठमाडौँ चन्द्रगिरि नगरपालिका–१ दहचोक बस्ने ६१ वर्षीय सानु परियार रहेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा६च ९३७९ नम्बरको कार बुधबार आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक बालिकासहित तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका मनहरी गाउँपालिका–८ स्थित बेलुवाकी २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका–१ स्थित लोथरकी ३५ वर्षीया सानोकान्छी तामाङको मकवानपुरस्थित सहकारी अस्पतालमा उपचार भइरहेको भण्डारीले बताउनुभयो । कार सडकबाट करिब दुई सय ५० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।