९ असार २०८३, मंगलवार
,
Latest
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिने: मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरणको आवश्यकता औँल्याउनुभएको छ ।

भक्तपुरको सल्लाघारीमा राष्ट्रिय लघु उद्यमी महासङ्घ नेपालले आजदेखि आयोजना गरेको राष्ट्रिय राष्ट्रिय लघु घरेलु व्यापार मेला तथा प्रदर्शनीको उद्घाटनमा उहाँले चाँडै सरकारले स्वदेशी वस्तुको उपभोग बढाउने ध्येयका साथ आगामी आर्थिक वर्षमा राष्ट्रिय जागरण थाल्ने बताउनुभयो ।

साना तथा लघु उद्यमीले विभिन्न समस्या झेल्नु परिरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले साना तथा लघु उद्यमीको संरक्षण सरकारले गर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “चाँडै उद्योग मन्त्रालयले स्वदेशी वस्तुको उपभोगसम्बन्धी नीति र कार्ययोजना ल्याउँदै छ, यो नीति लागू भएपछि जागरण अभियान सञ्चालन हुनेछ, तत्पश्चात स्वदेशी वस्तुको उत्पादन बढाउनु पनि अपरिहार्य छ, सरकारले उत्पादनकर्ता र उपभोगकर्ता दुवैलाई विविध सहुलियत गर्छ ।”

साथै साना तथा मझौला उद्यमशिलतालाई प्रोत्साहन गर्न विभिन्न कानुन सुधारका काम मन्त्रालयले अघि बढाइसकेको उहाँले जानकारी गराउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “सरकारबाट प्रवद्र्धनका प्रयास भइरहेका छन्, तीनै तहका सरकारको समन्वयमा उद्यमशिलता प्रवद्र्धनका लागि पनि प्रयास भइरहेको छ, न्यूनतम एउटा पालिकामा १५–२० वटा उद्यमशिलताका कार्यक्रम सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।”

मन्त्री भण्डारीले विदेशिएका युवालाई उद्यमशिलतासँग जोड्न सरकारले आगामी आर्थिक वर्षमा विभिन्न कार्यक्रम ल्याएको स्मरण गराउनुभयो । उहाँले उद्यमशिलतासँग जोडिएका विभिन्न तालिम तथा सीप हस्तान्तरणका कार्यक्रम एकीकृत गराएर गर्न उद्योग मन्त्रालय लागिपरेको बताउनुभयो ।

साथै उहाँले सरकारले छिट्टै सरकारी निकायबाट स्वदेशी उत्पादनको उपभोग गर्ने कार्यक्रम ल्याउने जानकारी गराउनुभयो । उहाँले उद्योग मन्त्रालयमा स्वदेशी कलम तथा कागजको प्रयोग गर्न सुरु गरिएको र चाँडै अन्य वस्तुको प्रयोग पनि स्वदेशी नै गर्दै जाने बताउनुभयो । रासस