२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो । शनिवार संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको बजेट ल्याउनुभएको टिप्पणी पनि गर्नुभयो । बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको उल्लेख गर्दै उहाँले बजेट निर्माणमा प्रक्रियामा नै कमीकमजोरी सरकारले गरेको दाबी गर्नु यो । अध्यक्ष ओलीले बजेटमा कमी भएको औंल्याए पनि सो बजेटलाई समर्थन र पारित गरेर जाने एमालेको नीति रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सरकारले प्रतुत गरेको बजेटमाथि आफ्नो पार्टीले खुलेर छलफल गर्न चाहेको पनि बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘अहिले हामीसँग प्रश्तुत भएको बजेट वक्तव्यसँग सम्बन्धित र खासगरी करका दरहरुसँग सम्बन्धित खास गरी भन्सार र आयकर सम्बन्धि अरु विभिन्न प्रकारका करहरु सम्बन्धि या सम्पूर्ण आयको अनुमानसम्बन्धि र व्ययका क्षेत्रहरु र अनुमानमा आधारित भएर कस्तो खालको दिशा समेटेको छ बजेटले । हामी जानुपर्ने कतो हो ? सैद्धान्तिक रुपमा कस्तो दिशा समातेको छ ? यी विषयहरुमा केन्द्रित भएर छलफल गर्नेछौँ । अरु छलफल बाँकि रहन्छ । अघि नै मैले भने–विनियोजनको सन्दर्भमा पछि हामी फेरि कुन कुन मन्त्रालय कस्तो विनियोजन भयो ? र त्यसमा कुन कुन कार्यक्रममा के भएको छ ? कुन नयाँ थपिएको छ, कुन पुरानो जारी छ ? कुन कटौति गरिएको छ ? कुन पूरा भयो, कुन अपुरैमा कटौति भयो ? नाम मात्रैको आयोजना राखियो तर बजेट छुट्याइएन कि ? कहाँ कस्तो कमी रहे, त्यसलाई पनि हेरिनेछ । र यस बजेटका सवल पक्षहरु के हुन, सकारात्मक पक्षहरु के हुन् ? ती पनि हेरिनेछ । र यसमा कमीकमजोरीहरु के छन् ? त्यसलाई पनि हेरिनेछ । र यस सन्दर्भमा हामी अलिक छलफल खुलेर नै गर्छौं ।

यो बजेट एकदमै सामान्य हिसावले भन्ने हो भने दफावार हिसावले नजाँदा पनि यो बजेट परामर्श गरेर, सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर बजेट आएको भए धेरै राम्रो बजेट हुनसक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो कि ? जस्तो अलि बढता देखिन गएको छ । र रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढि एकातिर ढल्किएको खालको जस्तो देखिन्छ । यो कमी रहेको छ । यसको निर्माण प्रक्रियामा नै कमी रह्यो, जसले गर्दा त्यो कमी नरहनु पर्दथ्यो, रहन जाँदा यसमा गम्भिर त्रुटीहरु रहे ।

हामीले समाजवाद निर्माणको बाटो लिएका छौं । त्यसका लागि समाजवाद निर्माणका आधारहरु तयार गर्ने, समाजवाद उन्मुख बजेट, नीति, कार्यक्रम, योजनाहरु, ती कुराहरु बजेटले स्पष्ट ढंगले समाउनु पर्दथ्यो । अलि अन्योलग्रस्त देखिन्छ । पछि साथीहरुले यस सम्बन्धमा छलफल गर्नु नै हुनेछ । एउटा चाहीँ हामीमा कुनै दुविधा हुनुहँँुदैन– यस बजेटलाई हामी समर्थन गर्छौं । र पारित गर्छौं । यसको मतलव बजेटमा रहेका कुनै कमी पनि औंल्याउन हुँदैन भन्ने होइन ।’

अध्यक्ष ओलीले बजेटमा समर्थन गरेर अघि बढ्न पनि पार्टीका सांंसदहरुलाई निर्देशन दिनुभयो ।