८ असार २०८३, सोमबार
,
Latest
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड



अ+ अ-

डुम्रे । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले युवा रोजगारीका लागि विदेशिने क्रम रोक्न स्थानीयस्तरमा अवसर सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

दमौलीमा आज आयोजित पत्रकार सम्मेलनमा सांसद वाग्लेले सरकारले प्राथमिकता साथ स्वरोजगार तथा सीपमूलक तालिकको व्यवस्था गर्दै अवसर सिर्जना गरी युवा विदेशपलायन हुने दर न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

वर्षात्मा पृथ्वी राजमार्गमा यात्रा गर्दा सास्ती हुने गुनासो आएपछि वर्षा अगावै सडक विस्तारको काम द्रूत गतिमा गराइने सांसद वाग्लेले बताउनुभयो । राजमार्गको पूर्वी खण्डमा तीव्र गतिमा काम भए पनि पश्चिमी खण्डमा ढिलाइ भएकोबारे सञ्चारकर्मी सांसद वाग्लेलाई जानकारी गराएका थिए ।

सांसद वाग्लेले सम्बन्धित निकायलाई वर्षा अगावै काम द्रूत गतिमा अगाडि बढाउन आग्रह गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीका ठेकेदारलाई वर्षात्को समयमा निर्माणाधीन सडकमा यात्रा गर्न सास्ती हुने भएकाले कामलाई तीव्रता दिन आग्रह गरेका छौँ ।” विगतमा भन्दा आर्थिक वर्ष २०८१/८२ मा बजेटले तनहुँलाई उल्लेखनीय रुपमा सम्बोधन गरेको उहाँको दाबी छ ।

अहिलेको मुख्य एजेण्डा विपद् व्यव्स्थापन भएको भन्दै सांसद वाग्लेले स्थानीय तह तथा सरोकार भएका सबै एकजुट भएर विपद् व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगलागी र हावाहुरीले पु¥याएको क्षतिलाई प्राथमिकतामा राखी क्षतिपूर्ति दिलाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

दमौली अस्पताललाई दुई वटा डायलासिस मेसिन उपलब्ध गराएको जनाउँदै सांसद वाग्लेले सङ्घीय संसद्बाट गर्नुपर्ने पहल सकारात्मकरुपमा गर्ने उल्लेख गर्नुभयो । पत्रकारिताको विकासमा योगदान दिन निडर, निष्पक्ष भएर कलम चलाउने पत्रकारलाई पुरस्कारको व्यवस्था गर्न रु तीन करोडको अक्षयकोष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

सांसद वाग्लेद्वारा आगलागी र हावाहुरी पीडितसँग भेटघाट

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा वाग्लेले आगलागी र हावाहुरी पिडीतसँग भेट गर्नुभएको छ । सो अवसरमा उहाँले आगलागी र हावाहुरीबाट भएको क्षतिका बारेमा जानकारी लिनुभएको थियो ।

डा वाग्लेले व्यास नगरपालिका–३ फलफूल लाइनमा यही जेठ ७ गते राति आगलागी भएको स्थलको अनुमगन गर्नुभयो । उहाँले पीडितलाई तत्काल क्षतिपूर्ति र राहत उपलब्ध गराउन राज्यपक्ष गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय, प्रदेश र सङ्घीय सरकारले आ–आफ्नो क्षेत्रबाट आगलागी पीडितलाई राहतको महसुस गराउन सक्नुपर्छ ।”

उक्त दिन भएको आगलागीबाट २३ सटर र २१ वटा पसलमा क्षति भएको थियो । आगलागीपछि २१ जनाको रोजगारी गुमेको इमेज मोबाइल सेन्टरका प्रोपाइटर केयरसिंह आले बादलले जानकारी दिनुभयो । उहाँले उक्त सटरहरु तत्काल सञ्चालन हुनुपर्ने माग राख्नुभयो । जिल्ला समन्वय समितिको भाडामा लगाउँदै आएको सटरमा आगलागी भएको थियो ।

डा वाग्लेलाई जेठ १७ गते अपराह्न आएको हावाहुरी र पानीले तीन सय ३० घर, गोठ र विद्यालयमा पु¥याएको क्षतिको बारेमा जानकारी गराइएको थियो । सो हावाहुरीबाट तनहुँको व्यास, भानु, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका क्षेत्रभित्र रहेका घर, गोठ र विद्यालयमा क्षति भएको थियो ।