२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ अन्तर्गत समूह ‘सी’ को पहिलो खेल र दिनको दोस्रो खेल वेस्ट इन्डिज र पीएनजीबीच भयो । यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले सेसे बाउको अर्धशतकीय इनिङ्समा २० ओभरमा आठ विकेट गुमाएर १३६ रन बनाएको थियो ।

जवाफमा वेस्ट इन्डिजले १९ ओभरमा पाँच विकेट गुमाएर १३७ रन बनाएको थियो । रोभम्यान पावेलको टोलीले ६ बल बाँकी रहँदा पाँच विकेटले खेल जित्यो ।

लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजको सुरुवात झट्का लागेको थियो । एली नाउले जोन्सन कार्ल्सलाई आफ्नो शिकार बनाए । उनी खाता नखोली नै प्याभिलियन फर्किए । यसपछि निकोलस पुरानले ओपनर ब्रान्डन किङसँग दोस्रो विकेटका लागि ५३ रनको साझेदारी गरे । जोन कारिकोले नवौं ओभरको पहिलो बलमा विकेटकिपर ब्याट्सम्यान पुरनलाई आउट गरे ।

उनले एक चौका र दुई छक्का प्रहार गर्दै २७ रन बनाउन सफल भए । तर किङ ३४ रन बनाएर डगआउटमा फर्किए । यस खेलमा रोभम्यान पावेल १५ रन बनाएर आउट भएका थिए भने रुदरफोर्ड २ रन बनाएर आउट भएका थिए । डेथ ओभरमा रोस्टन चेस र आन्द्रे रसेलले अग्रता लिएका थिए । यी दुईबीच ४० रनको अविजित साझेदारी थियो । पीएनजी विरुद्ध रोस्टनले ४२ रन बनाए भने रसेलले १५ रन बनाए । पिएनजीका लागि असद भालाले २ तथा एली, सोपर र कारिकोले एक–एक विकेट लिए ।

स्कोर ९७/५, शेरफान रदरफोर्ड आउट हुनेबित्तिकै १३७ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजको आधा टोली प्याभिलियन फर्किएको थियो र जितका लागि २४ बलमा ४० रन आवश्यक थियो ।

२ पटकको च्याम्पियन वेस्ट इन्डिजको यो रन चेसले प्रतियोगिताको अन्तिम सिजनको खेलको सम्झना गरायो, जब वेस्ट इन्डिज राउन्ड १ को समूह बीको खेलमा जिम्बावेसँग ३१ रनले पराजित भएको थियो । जिम्बाब्वेले १ सय ५३ रन बनाएको थियो ।

पपुवा न्यू गिनीले पनि १९ अक्टोबर २०२२ आइतवार होबार्टमा बनाएको इतिहास दोहोर्‍याउने छ जस्तो लाग्यो । तर, रोस्टन चेस र आन्द्रे रसेलको जोडीले १८ बलमा अविजित ४० रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए ।

सेसे बाउ टी–२० विश्वकपमा पपुवा न्युगिनीका लागि अर्धशतक प्रहार गर्ने दोस्रो ब्याट्सम्यान बने । चौथो नम्बरमा ब्याटिङ गर्न आएका यी खेलाडीले ४३ बलको सामना गर्दै ५० रन बनाए । यस क्रममा उनको ब्याटबाट ६ चौका र एक छक्का निस्के । बाउ भन्दा पहिले, यो उपलब्धि कप्तान असद भालाले गरेका थिए । यो अर्धशतक अघि भाला टी–२० विश्वकपमा पिएनजीका लागि अर्धशतक बनाउने एकमात्र ब्याट्सम्यान थिए ।

पिएनजीले वेस्ट इन्डिज विरुद्ध २० ओभरमा आठ विकेट गुमाएर १३६ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङमा आएको पीएनजीले खासै राम्रो सुरुवात गर्न सकेन । ओपनिङमा ब्याटिङमा आएका टोनो ओराले मात्र दुई रन बनाउन सके । उनी पाँच रनको स्कोरमा रोमारियो शेफर्डबाट आउट भए ।

यसपछि टोलीलाई लिगा सियाकाको रूपमा दोस्रो झटका लाग्यो । उनी मात्र एक रन बनाएर प्याभिलियन फर्किए । यसपछि मोर्चालाई सेसे बाउ र क्याप्टेन असद वालाले सम्हालेका थिए । दुईबीच २७ रनको साझेदारी भएको थियो जसलाई अल्जारी जोसेफले तोडेका थिए ।

वेस्ट इन्डिजविरुद्ध भाला २१ रन बनाएर आउट भएका थिए । यस खेलमा सेसेले ५ रन, हिरी हिरीले २ रन, चार्ल्स अमिनीले १२ रन, किप्लिन दोर्जियाले २७ रन (नटआउट), चाड सोपरले १० रन, एली नाओले शून्य र काबुवा मोरियाले २ रन बनाएका थिए । वेस्ट इन्डिजका रसेल र जोसेफले समान २–२ विकेट लिए । अकिल हुसेन, रोमारियो शेफर्ड र मोती गुदाकेशले एक–एक सफलता हात पारे ।