२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद पुगे रास्वपाका सांसद



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नेपाली राष्ट्रिय क्रिकेटको समर्थन गर्न प्रतिनिधि सभाको बैठकमा टोलीको जर्सी लगाएर सहभागी भएका छन् ।

आजको बैठकमा सांसदहरू टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा जर्सी लगाएर बैठकमा सहभागी भएका हुन् ।

बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो समेत खिचाए ।

नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्दैछ । आज नेदरल्यान्ड्ससँग खेल्दै नेपालले विश्वकपको सुरुवात गर्दैछ । समूह ‘डी’मा नेपाल र नेदरल्यान्ड्ससँगै दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् ।