२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा, नेपालको केन्द्रिय महाधिवेशनका लागि तयार गरिएको पण्डाल हावाहुरीले भत्कियो



अ+ अ-

काठमाडौँ । जनता सामाजवादी पार्टी, नेपालको केन्द्रिय महाधिवेशनका लागि तयार गरिएको पण्डाल हावाहुरीले भत्काएको छ ।

सोमवार रातिको हावाहुरीले महाधिवेशनका लागि तयार गरिएको पण्डालमा क्षति पुर्‍याएको हो । वर्षाको कारण जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित तिरहुतिया गाछीमा महाधिवेशनको लागि बनाइँदै गरेको पण्डालमा क्षति पुगेको बताइएको छ ।

एक महिनाभन्दा बढी समयदेखि पण्डाल लगाउने काम शुरु गरिएकोमा महाधिवेशनको एक साता मात्र बाँकी रहेको समयमा पण्डालमा हावाहुरीले क्षति पुगेको हो । हावाहुरीको कारण गाडिएको बाँसहरु ढलेको छ । टेन्ट लगाउने ठेक्का लिएका ठेकेदार सञ्जय मण्डलले हावाहुरीको कारण करिव साढे ८ लाख बराबरको क्षति भएको बताउनु भयो । उहाँले ६५ लाखमा टेन्ट लगाउने ठेक्का लिएको बताउनु भयो ।

मण्डलका अनुसार पण्डालमा बाँसको पूरै काम भइसकेको थियो । अब त्यसमाथी त्रिपाल लगाउने काम मात्र बाँकी रहेको अवस्थामा भत्किएको हो । मण्डलले महाधिवेशन अगावै पुन: पण्डाल निर्माणको काम पूरा हुने बताउनु भयो । जसपा, नेपालको महाधिवेशन जेठ २८, २९ र ३० गते हुँदैछ ।