२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मिथको भविष्यवाणीः यी खेलाडीले बनाउनेछन् विश्वकपमा सर्वाधिक रन



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका क्रिकेटर स्टिभ स्मिथले टी–२० विश्वकपलाई लिएर महत्वपूर्ण भविष्यवाणी गरेका छन् । स्मिथले यसपटक टी–२० विश्वकपमा विराट कोहलीले सबैभन्दा बढी रन बनाउने बताएका छन् ।

कोहली फर्ममा छन् । हालै उनले आईपीएल २०२४ मा पनि बलियो प्रदर्शन गरेका थिए । कोहलीले ओरेन्ज क्याप जितेका थिए ।

कोहलीलाई लिएर स्मिथले यस्तो प्रतिक्रिया दिएका छन् । इन्डिया टुडेको समाचार अनुसार स्मिथले भने, ‘मेरो अनुसार विराट कोहलीले यस पटक प्रतियोगितामा सबैभन्दा बढी रन बनाउनेछन् । उनले आईपीएलमा धमाकेदार प्रदर्शन गरेका थिए । उनी फर्ममा पनि छन् । मलाई लाग्छ उनले टीम इन्डियाका लागि चमत्कार गर्नेछन् ।’

कोहलीले आईपीएल २०२४ को १५ खेलमा ७४१ रन बनाएका थिए । यस अवधिमा उनले १ शतक र ५ अर्धशतक बनाएका थिए ।

टी–२० विश्वकपमा कोहलीको प्रदर्शनलाई हेर्दा उनी बलियो छन् । कोहलीको समग्र औसत ८१.५० रहेको छ । जबकि नकआउट खेलमा औसत १४४ रहेको छ । टी–२० विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूची हेर्दा विराट कोहली शीर्ष स्थानमा छन् ।

कोहलीले २७ खेलमा ११४१ रन बनाएका छन् । यस अवधिमा उनले १४ अर्धशतक बनाएका छन् । कोहलीको उत्कृष्ट स्कोर ८९ रन रहेको छ । यस सूचीमा वर्तमान खेलाडीलाई हेर्दा रोहित शर्मा दोस्रो स्थानमा छन् । रोहितले ३९ खेलमा ९६३ रन बनाएका छन् ।