२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको नयाँ प्रधानमन्त्री मोदी, नितिश कि चन्द्रबाबु ?



Photo : PTI
अ+ अ-

काठमाडौं । भारतमा भएको लोकसेवा निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआएपछि नयाँ प्रधानमन्त्री को हुने भन्ने चर्चा सुरु भएको छ । निर्वाचनको मतपरिणाम अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टीले बहुमत ल्याउन सकेन । पछिल्लो दुई चुनावमा लगातार बहुमत ल्याएर सरकारको नेतृत्व गरेका मोदी यस पटक भने सरकार बनाउन अन्य दलको भर पर्नुपर्ने अवस्थामा पुगेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाले २ सय ४० स्थानमा मात्र जित हात पारेको छ । यो अघिल्लो चुनावको भन्दा ६३ स्थान कम हो । अघिल्लो चुनावमा भाजपा एक्लै ३ सय ३ स्थानमा जित हात पारेको थियो । यस पटक भाजपालाई बहुमत जुटाउन थप ३२ सांसदको आवश्यकता पर्छ । मोदी नेतृत्वको गठबन्धनको भने स्पष्ट बहुमत छ । तर गठबन्धनमा रहेका सबै दलले मोदीलाई तेस्रो कार्यकाल प्रधानमन्त्री बन्न सहयोग गर्छन् कि गर्दैनन् भन्ने प्रश्न चाहिँ उठेको छ ।

अहिले भाजपा नेतृत्वको एनडीए गठबन्धनले २ सय ९३ स्थानमा जित हात पारेको छ । यसैगरी कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले २ सय ३० सिट जितेको छ । यो सरकार बनाउन आवश्यक ४२ सिट कम हो । भाजपा नेतृत्वको गठबन्धनमा सहभागी भएर गएका आन्ध्र प्रदेशको चन्द्रबाबु नायडु नेतृत्वको तेलेगु देशम पार्टीले १६ र बिहारका नितिशकुमारको जनता दल युनाइटेडले १२ सिट जितेका छन् । उनीहरुले मोदीलाई तेस्रो कार्यकालको प्रधानमन्त्री बनाउँछन् कि आफैं विपक्षीसँग मिलेर आफैं प्रधानमन्त्री बन्ने बाटो रोज्छन् भन्ने हेर्न चाहिँ केही समय पर्खनै पर्ने भएको छ ।

मोदीलाई प्रधानमन्त्री बन्न यी दुई नेताको साथ अपरिहार्य छ । तर यी दुवै नेता बाध्यताले मात्र मोदीको गठबन्धनमा सहभागी भएका हुन् । उनीहरु जहिल्यै मोदीका आलोचक हुन् । त्यही कारण अब मोदीको राजनीति बिहारका नितिश कुमार र आन्ध्र प्रदेशका चन्द्रबाबु नायडु जस्ता नेतामा भर पर्ने छ ।

मोदीको हातबाट जसरी पनि भारतको सत्ता हटाउन विपक्षी गठबन्धनले जोडतोडका साथ प्रयास गरिरहेका छन् । अहिले विशेष गरी कांग्रेसले अरु जुनसुकै दललाई प्रधानमन्त्री बनाएर भए पनि मोदीलाई सत्ताबाट हटाउने अभियान चलाइरहेको छ । उसले बिहारका नितिश कुमार आन्ध्र प्रदेशका चन्द्रबाबु नायडुसँग पनि छलफल गरिसकेको छ । तर यी दुवै नेताले अहिलेसम्म कुनै ठोस निर्णय गरेका छैनन् ।

चुनावपछि त्रिशंकु संसद् बनेपछि भारतको राजनीति अस्थिरतातर्फ धकेलिएको छ । यसअघि दुई कार्यकाल लगातार बहुमत जुटाउँदै आएका मोदी अब फेरि प्रधानमन्त्री बने हाले पनि अस्थिरताको भूमरीमा फस्ने संकेत देखिएको छ ।




भर्खरै