२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुरे संरक्षण अभियानमा काँग्रेस नेता महरको ऐक्यवद्धता, सरकारले ध्यान नदिएको आरोप



अ+ अ-

काठमाडौँ । चुरे तथा वनजंगल संरक्षणका लागि सप्तरीबाट २५ दिन पैदल यात्रा गरेर काठमाडौं आएका नागरिकहरुले सरकारले चुरे संरक्षणमा राज्यले बेवास्था गरेको आरोप लगाएका छन् ।

१४ दिन यता काठमाडौं लक्षित आन्दोन गरिरहेका उनीहरुले अहिलेसम्म सरकारले कुनै चासो नदिएको गुनासो गरे । माईतीघरमा बुधवार आन्दोलनका क्रममा उनीहरुले विश्व वातावरण दिवसको दिन सरकार र राजनीतिक दलका नेताहरुले विभिन्न प्रतिवद्धता जनाएपनि झुटो मात्रै भएको बताए । वातावरणको संरक्षण गर्नुपर्छ भन्ने तर चुरे संरक्षणका लागि १४ दिन यता काठमाडौंमा प्रदर्शन गरिरको प्रदर्शनकारीहरुको आवाज सरकारले नसुनेको बताए ।

उनीहरुले स्थानीय तह, प्रदेश सरकार र केन्द्रिय सरकारलाई चुरे संरक्षण्का लागि बारम्बार आग्रह गरेको भएपनि सरकारले आफूहरुको आवाज नसुनेको चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले बताउनु भयो । उहाँले चुरे तथा वन जंगल संरक्षण अभियान एक जनाको मात्रै अभियान नभएकाले सबै मिलेर चुरे संरक्षणमा लाग्नुपर्ने बताउनु भयो । उहाँले प्राकृतिक श्रोत साधनको संरक्षणका निम्ति आवाज उठाउने नागरिकहरुको आवाज सरकारले नसुनेको बताउनु भयो । राज्यले एकातिर प्राकृतिक सम्पदाको संरक्षणको कुरा गर्ने र अर्कोतिर चुरे संरक्षणका लागि आवाज उठाउनेहरुको आवाज नसुन्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चुरे तथा वन जंगल संरक्षण अभियान एक जनाको मात्रै अभियान होइन । हामी प्राकृतिक श्रोत साधनको संरक्षणका निम्ति आवाज उठाइरहेका छौँ । हामी २५ दिनको हिँडाइ र १४ दिनको बसाईले हामी दु:खमा छौँ । राज्य प्राकृतिक श्रोत तथा संरक्षणको कुरा आफैँ गर्दछ, सरकारमा रहेकाहरु कतै न कतै दिवस मनाइरहनुभएको छ । तर हामीलाई साथ दिनुभएको छैन । जबकी कुरा यही हो । कस्तो मान्छे सत्तामा बसेको छ । हामीले भनेको कुरा के नमिल्दो छ । आम जनताले कुरा उठाउँमा सरकारबाट कोही पनि प्रतिनिधि पनि आएको छैन । उहाँहरुको दायित्व होइन यो । राज्यले दोहोरो चरित्र देखाएको छ । चुरे संरक्षणका लागि बजेट उठाएर कार्यकर्ता पाल्ने तर जनताको आवाज नसुन्ने छ ।’

चुरे तथा वन जंगल संरक्षण अभियानको आन्दोलनलाई समर्थन गर्न पुग्नुभएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले चुरे संरक्षणका लागि आन्दोलनरत पक्षहरुको आवाज सरकारले नसुन्नु दु:खको कुरा भएको बताउनु भयो । उहाँले पर्यावरण, जलवायुु परिवर्तनकाबारेमा कोही पनि संसदमा नबोल्नु र सरकारले बेवास्ता गर्नु दु:दको विषय भएको बताउनु भयो । उहाँले चुरे दोहन गर्नका लागि बजेट ल्याइने तर संरक्षणका लागि केही नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चुरे संरक्षणका लागि सप्पतरीबाट २५ दिन हिँडेर काठमाडौं आउनु भयो । उहाँहरुले तीन तहकै सरकारलाई जानकारी दिनुभएको थियो । उहाँहरुले १४ दिनसम्म धर्नामा बस्दा पनि सरकार सुनिरहेको छैन । सरकार र सबै पार्टीका सांसदहरुले पनि सुन्नुभएन । पर्यावरण, जलवायुु परिवर्तनकाबारेमा कोही पनि संसदमा बोलेनन् । चुरे दोहन गर्नका लागि बजेट ल्याइन्छ बरु तर संरक्षण गर्न केही छैन ।’

उनीहरुले सरकारले वातावरण दिवसको दिन नै चुरे संरक्षणकर्मीहरुको आवाज नसुनी भाषणामा सिमित हुने काम गरेको बताए । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल, सरकारका मन्त्रीहरु, विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुको फोटो प्ललेकार्डमा राखेर सरकार र नेताहरु हराएको सांकेतिक बिरोध गरेका छन् । उनीहरुले २५ दिन हिँडेर, १४ दिन धर्नामा, सरकार कता ? भन्ने जस्ता प्लेकार्डह बोकेर बिरोध जनएका छन् ।




भर्खरै