२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनलक्षित ओलीको कटाक्ष – भैँसीको ढाडमा बसेको झिंंगो चार लात हानेँ भनेर दंग परेजस्तै



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गिरीबन्धु टी स्टेट प्रकरणमा आफूमाथि लगाएको आरोपको जवाफ दिएका छन् ।

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको सवाल–जवाफका क्रममा ओलीले बालेनले गिरीबन्धुमा आफूलाई गर्न खोजेको घेराबन्दी झिंगाले भैंसीलाई लात्ती हाने जस्तै भएको टिप्पणी गरे ।

गिरीबन्धु प्रकरणमा आफूबारे बालेनले गरेको टिप्पणीलाई लिएर ओलीले भने ‘भैंसीको ढाडमा झिँगा बस्यो कि के बस्यो त्यसले थाहा पनि पाएको हुँदैन । यो त झिंगाले भैंसीलाई चार लात्ती हानेँ भनेर दंग परे जस्तै कुरा हो ।’

यस्तै, अध्यक्ष ओ‌लीले बालेनतिर लक्षित गर्दै सबैले परिपक्व राजनीति गर्नुपर्ने बताए । उनले भने ‘राष्ट्रिय राजनीतिलाई एउटा परिपक्क, जिम्मेवार र सभ्य बनाउनुपर्छ, सही दिशामा लानु पर्छ । हामी सबैले मिलेर असभ्य राजनीतिलाई राम्रो बाटोतिर लानुपर्छ ।’