२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप तथ्यांकमा भारत–पाकिस्तानः १५ खेलमा १४ मा भारत १ मा पाकिस्तान विजयी



अ+ अ-

काठमाडौँ । भारत र पाकिस्तानबीचको आजको खेलमा सबैको नजर न्यूयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियमको पिचमा हुनेछ । यो मैदान असमान बाउन्स र सुस्त आउटफिल्डका कारण आलोचकको निशानामा परेको छ ।

यस्तो अवस्थामा भारत र पाकिस्तानजस्ता दुई बलियो टोली यस मैदानमा आमनेसामने हुँदा कडा प्रतिस्पर्धा देख्न सकिन्छ । टी–२० विश्वकपमा भारत र पाकिस्तानको टोली सात पटक आमनेसामने भएका छन् । भारतले ६ खेल जितेको छ भने पाकिस्तानले २०२१ को टी–२० विश्वकप जितेको थियो ।

टी–२० मा समग्रमा दुवै टोली १२ पटक भिडेका छन् । जसमा भारतले नौ खेल जितेको छ भने पाकिस्तानले तीन खेल जितेको छ ।

यस विश्वकपमा भारतीय टोलीको जिम्मेवारी यसका दुई सबैभन्दा अनुभवी ब्याट्सम्यानमाथि छ । पछिल्लो खेल जस्तै कप्तान रोहित शर्मा र विराट कोहलीले इनिङ्सको सुरुवात गरेको देख्न सकिन्छ । यी दुवैले टी–२० विश्वकपमा भारतका लागि सर्वाधिक रन बनाएका छन् ।

रोहितले टी–२० विश्वकपमा पछिल्लो खेलमा १००० रन पूरा गरेका थिए र विराट र महेला जयवर्धनेपछि विश्वकै तेस्रो ब्याट्सम्यान बनेका थिए । सन् २००७ देखि भारतका लागि सबै टी–२० विश्वकप खेल्ने रोहित एकमात्र खेलाडी हुन् ।

टी–२० विश्वकपमा ६–१ को अग्रता लिएसँगै भारतले एकदिवसीय विश्वकपमा पाकिस्तानमाथि ८–० को अग्रता लिएको छ । दुई टोलीबीचको टी–२० खेलमा सबैभन्दा बढी विकेट लिनेमा भारतीय खेलाडी सबैभन्दा अगाडि छन् । भुवनेश्वर कुमार र हार्दिक पाण्ड्याले पाकिस्तानविरुद्ध ११–११ विकेट लिएका छन् । योसँगै भारतविरुद्ध ११ विकेट लिएका उमर गुल तेस्रो नम्बरमा छन् ।

यी तीन पछि अर्शदीप ६ विकेट लिएका छन् । योसँगै विराट कोहलीले भारत र पाकिस्तानबीचको टी–२० खेलमा सर्वाधिक रन बनाएका छन् । उनले पाकिस्तानविरुद्ध १० खेलमा ४८८ रन बनाएका छन् । रिजवान सूचीको दोस्रो स्थानमा छन् । उनले चार खेलमा १९७ रन बनाएका छन् ।

यो वर्ष भारतले चारवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ र चारैमा जित निकालेको छ । योसँगै पाकिस्तानले यो वर्ष १६ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमध्ये टोलीले पाँचमा जित हात पारेको छ भने १० खेलमा हार बेहोरेको छ । एक खेल अनिर्णित रह्यो ।

यस्ता छन् भारत र पाकिस्तानबीचको खेलको तथ्यांकः
विश्वकपमाः
एकदिवसीय विश्वकपमा दुई टोलीबीच ८ खेलहरु भएका छन् । ती सबै ८ वटै खेल भारतले जितेको छ । टी–२० विश्वकपमा यी दुईबीच ७ खेल भएका छन् । जसमा ६ खेल भारतले जित्दा १ खेल पाकिस्तानले जितेको छ । यसरी दुवै ढाँचाका विश्वकपको कुरा गर्दा १५ खेलमा १४ खेल भारतले जितेको छ भने १ खेलमात्र पाकिस्तानले जितेको छ ।

भारत र पाकिस्तानले आईसीसी ट्रफि कतिपटक जितेका छन् ?
विश्व टेस्ट च्याम्पियनसिपः दुबै टोलीले उपाधि जित्न सकेका छैनन ।
एकदिवसीय विश्वकपः भारतले २ पटक तथा पाकिस्तानले १ पटक जितेको छ ।
टी–२० विश्वकपः दुबै टोलीले समान १–१ उपाधि जितेका छन् ।

भारत र पाकिस्तानबीच अन्तर्राष्ट्रिय आँकडाः
टेस्ट ढाँचाको कुरा गर्दा ५९ खेलमा भारतले ९ खेल जितेको छ भने पाकिस्तानले १२ खेल जितेको छ । ३८ खेल अनिर्णित रह्यो ।

एकदिवसीय ढाँचामा दुई टोली १३५ पटक भिडेका छन् । जसमा ५७ खेलमा भारत विजयी हुँदा ७३ खेलमा पाकिस्तान विजयी भएको छ । यस्तै, ५ खेल अनिर्णित रह्यो ।

टी–२० ढाँचामा १२ खेल हुँदा ९ खेल भारतले जितेको छ भने ३ खेल पाकिस्तानले जितेको छ । यसरी समग्रमा दुई टोलीबीच २०६ खेल हुँदा ७५ खेल भारतले तथा ८८ खृल पाकिस्तानले जितेको छ । ४३ खेल अनिर्णित रह्यो ।




भर्खरै