२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्र्याक्टर बेचेर खेलको टिकट किनेका थिए पाकिस्तानी फ्यानले, हारपछि लाखौं पैसा बर्बाद



अ+ अ-

एजेन्सी । आईसीसी टी–२० विश्वकपको इतिहासमा भारतसँग पाकिस्तानको सातौं पराजय भारतीय फ्यानका लागि खुसीको कारण बनेको छ भने पाकिस्तानी फ्यानका लागि यो ह्रदयविदारक छ । विशेष गरी पाकिस्तानको जितका लागि आफ्नो ट्र्याक्टर बेच्ने फ्यानका लागि ।

खेलपछि नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम बाहिरको दृश्य हेर्न लायक थियो । त्यहाँ ‘निले रंग का समन्दर’ ढोलमा दमदार डान्स स्टेप्स गर्दै ‘इन्डिया इन्डिया’को नारा लगाउँदै थिए ।

जसमा एक पाकिस्तानी फ्यान पनि थिए जसले ३ हजार डलर (नेपाली मुद्रामा ४ लाख रुपैयाँ) खर्चेर खेलको टिकट किनेका थिए । यसका लागि फ्यानले आफ्नो ट्र्याक्टर बेचेका थिए तर पाकिस्तानी टोलीले खेल जितेको देख्न सकेनन् ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै फ्यानले भने, ‘मैले ३ हजार अमेरिकी डलरको टिकट किन्न मेरो ट्र्याक्टर बेचे । भारतको स्कोर हेर्दा हामीले यो खेल हार्नेछौं भन्ने सोचेका थिएनौं । हामीले सहज जित हुने सोचेका थियौं । खेल हाम्रो हातमा थियो, तर बाबर आजम आउट भएपछि मानिसहरू निराश भए । म सबै भारतीय प्रशंसकहरूलाई बधाई दिन्छु ।’

खेलको कुरा गर्दा पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । भारतीय ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गर्दै २० ओभरमा ११९ रन मात्र बनाए । लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सके र खेल ६ रनले पराजित भयो । टी–२० विश्वकपमा भारतले पाकिस्तानमाथि सातौं जित दर्ता गरेको छ ।