२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु



अ+ अ-

काठमाडौं । रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ ।

अभियन्ता कृतु भण्डारीका अनुसार गत कात्तिकमा रुसी सेनामा गएका लमजुङका सन्देश थापाको मृत्यु भएको हो ।

थापाको जेठ २२ गते मंगलबारको दिन मृत्यु भएको उनले जानकारी दिइन् ।

२१ वर्षीय थापाले केही दिन अगाडिदेखि नेपाल सरकारलाई नेपाल फर्काइदिन बारम्बार आग्रह गरेको पनि भण्डारीले बताइन् ।

समयमै उनलाई नेपाल सरकारले उद्धार गर्न नसक्दा उनको मृत्यु भएको छ । उनीसहित हालसम्म रुसी सेनामा ४४ नेपाली नागरिकको मृत्यु भइसकेको छ ।