२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको लागि ‘गर या मर’को खेल, अर्को हारले २०२४ को टी–२० विश्वकपबाट बाहिरिने



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ को २२ औं खेलमा आज पाकिस्तानी टोलीले क्यानडाको सामना गर्दैछ । न्यूयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुनेछ ।

यो खेल पाकिस्तानका लागि ‘गर या मर’को हुनेछ । बाबर आजम नेतृत्व टोलीले आज हार्यो भने २०२४ को टी–२० विश्वकपको यात्रा यहीँ समाप्त हुनेछ ।

जारी विश्वकपमा पाकिस्तानी टोलीको यात्रा अहिलेसम्म लाजमर्दो रहेको छ । टोलीले पहिलो दुई खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा आयोजक अमेरिकासँग पाकिस्तान सुपर ओभरमा पराजित भएको थियो ।

यसपछि कम स्कोर भएको खेलमा भारतीय टोलीले म्यान इन ग्रीनलाई ६ रनले हराएको थियो । लगातार २ हारपछि बाबर आजमको कप्तानीमा रहेको टोली समूह ए को चौथो स्थानमा पुगेको छ ।

अर्को हारले पाकिस्तानी टोलीलाई स्वदेश फर्काउनेछ । समूह ‘ए’ मा भारत र अमेरिकाले अहिलेसम्म आफ्ना दुवै खेल जितेका छन् र दुवै टोली ४ अंकसहित शीर्ष २ मा छन् । २ मध्ये १ खेल जितेको क्यानडा तेस्रो स्थानमा तथा कुनै खेल जित्न नसकेको पाकिस्तान चौथो स्थानमा र शून्य अंक जोडेको आयरल्यान्ड पाँचौ स्थानमा छ ।

क्यानडाले पाकिस्तानलाई हराएमा यो टोलीको ४ अंक हुनेछ । अर्कोतर्फ, पाकिस्तानले अन्तिम खेल जित्यो भने पनि उसको अधिकतम २ अंक मात्र हुनेछ । यस्तो अवस्थामा यस समूहका शीर्ष २ टोलीले मात्र सुपर ८ मा आफ्नो स्थान पक्का गर्नेछन् । समूहको अन्तिम खेलमा पाकिस्तानले आयरल्याण्डसँग खेल्नेछ । यो खेल फ्लोरिडामा जुन १६ मा हुनेछ ।