२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमनमा डुङ्गा डुब्दा ३९ आप्रवासीको मृत्यु



अ+ अ-

दुबई । यमनमा दुई सय भन्दा बढी आप्रवासी बोकेको डुङ्गा डुब्दा अफ्रिकाबाट आप्रवासन मार्गमा प्रकोपमा परेका कम्तिमा ३९ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीयको एजेन्सीले मङ्गलबार जनाएको छ ।

यमन तटमा भएको दुखद घटनामा सोमबार दुई ६० आप्रवासी बोकेको डुङ्गा डुब्दा ३९ जनाको मृत्यु हुनुका साथै एक सय ५० बेपत्ता भएका छन् भने ७१ जनाको उद्धार गगरिएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले सोमबारको डुबानलाई उल्लेख गर्दै एक्समा सार्वननिक गरेको छ ।

प्रत्येक वर्ष हर्न अफ अफ्रिकाबाट हजारौँ आप्रवासीहरू द्वन्द्व, प्राकृतिक प्रकोप वा कमजोर आर्थिक सम्भावनाबाट बच्न तेल–धनी खाडीमा पुग्न लाल सागर पार गर्न निस्कन्छन् । अप्रिलमा, दुई डुङ्गाहरू जिबूतीको तटमा दुई हप्ताको अन्तरमा डुबेका थिए, जसमा दर्जनौँको मृत्यु भएको थियो ।

आइओएमले यस वर्ष समावेश नगरी सन् २०१४ देखि आप्रवासन मार्गमा कुल एक हजार तीन सय ५०जनाको मृत्यु भएको जनाएको छ ।
सन् २०२३ मा मात्रै, यसले समुद्रमा हराएको एक सय पाँच सहित मार्गमा कम्तिमा छ सय ९८ जनाको मृत्यु भएको बताएको छ । आइओएमले मङ्गलबार जिवित मानिसहरूलाई तत्काल सहायता प्रदान गरिरहेको बताएको छ ।

यमनमा सफलतापूर्वक पुग्ने आप्रवासीहरूले प्राय: आफ्नो सुरक्षाका लागि थप खतराहरूको सामना गर्छन् । अरब प्रायद्वीपको सबैभन्दा गरिब देश एक दशकदेखि गृहयुद्धमा फसेको छ । धेरैले साउदी अरब र अन्य खाडी अरब देशहरूमा पुग्ने प्रयास गरिरहेका छन् जहाँ उनीहरू मजदुर वा घरेलु कामदारको रूपमा काम गर्छन ।

अगस्टमा ह्युमन राइट्स वाचले साउदी सीमा रक्षकहरूलाई मार्च २०२२ र जुन २०२३ को बिचमा यमनबाट खाडी राज्यमा प्रवेश गर्न खोज्ने “कम्तिमा सयौं“ इथियोपियालीहरूको हत्या गरेको आरोप लगाएको थियो ।

रियादले समूहको निष्कर्षलाई निराधार र भरपर्दो स्रोतहरूमा आधारित नभएको भन्दै खारेज गरेको थियो ।