२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

३४ बलमा खेल सकियो, कीर्तिमानहरु ध्वस्त



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ को बुधबार भएको २४ औं खेलमा अस्ट्रेलियाले नामिबियालाई ठूलो अन्तरले पराजित गरेको छ ।

एन्टिगुवाको सर भिभियन रिचर्ड्स स्टेडियममा भएको खेलमा नामिबियाले पहिले ब्याटिङ गर्दै १७ ओभरमा ७२ रनमा अलआउट भएको थियो ।

जवाफमा अस्ट्रेलियाले ३४ बलमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो । जारी प्रतियोगितामा अस्ट्रेलियाको यो लगातार तेस्रो जित हो र टोली सुपर ८ मा प्रवेश गरेको छ । अहिलेसम्म अष्ट्रेलिया बाहेक दक्षिण अफ्रिकाले मात्र सुपर ८ मा स्थान बनाउन सकेको छ ।

अस्ट्रेलिया र नामिबियाबीचको खेल कीर्तिमानको दृष्टिकोणले अविस्मरणीय बनेको छ । काङ्गारु टोलीले मात्र ३४ बलमा खेल सकाएर कीर्तिमान बनाएको थियो ।

अष्ट्रेलियाका लेग स्पिनर एडम जाम्पाको प्रदर्शन सुपरहिट भयो । खेलमा बनेका कीर्तिमानलाई हेरौँ ।

–अष्ट्रेलियाले पावरप्ले भित्रै लक्ष्य पुरा गर्यो । पावरप्ले भित्र लक्ष्य पूरा गर्दै खेल समाप्त गर्ने दोस्रो आईसीसी पूर्ण सदस्य टोली बनेको छ । यसअघि सन् २०१४ मा श्रीलंकाले पावरप्लेमा लक्ष्य पूरा गर्दै नेदरल्यान्ड्सलाई हराएको थियो ।

–अष्ट्रेलियाले टी–२० विश्वकपको इतिहासमा बल बचत गरेको आधारमा दोस्रो ठूलो जित दर्ता गरेको छ । सबैभन्दा धेरै बल बाँकी राखेर जित्ने कीर्तिमान श्रीलंकाको नाममा छ, जसले सन् २०१४ मा नेदरल्यान्ड्सविरुद्धको खेल ९० बल बाँकी रहँदा जितेको थियो ।

–एडम जाम्पाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १०० विकेट पूरा गरेका छन् । जाम्पा टी–२० मा १०० विकेट लिने पहिलो अस्ट्रेलियाली बलर बनेका छन् । उनी टी–२० मा १०० विकेट लिने विश्वका १५ औं बलर र ६ लेग स्पिनरमध्ये एक बने ।

–एडम जाम्पा टी–२० विश्वकपमा सर्वाधिक विकेट लिने अष्ट्रेलियाका बलर बनेका छन् । जाम्पाले टी–२० विश्वकपमा अहिलेसम्म ३१ विकेट लिएका छन् । उनले मिचेल स्टार्क (२९) लाई पछि पारे ।

–एडम जाम्पा पाँचौं पटक टी–२० विश्वकपमा प्लेयर अफ द म्याचको उपाधि जितेर विशेष क्लबमा प्रवेश गरेका छन् । जाम्पा अहिले महेला जयवर्धने, क्रिस गेल र शेन वाटसनसँग संयुक्त रुपमा दोस्रो स्थानमा छन् । टी–२० विश्वकपमा सबैभन्दा धेरै प्लेयर अफ द म्याचको अवार्ड जित्ने कीर्तिमान विराट कोहलीको नाममा छ (७ पटक) ।

–नामिबियाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो सबैभन्दा कम स्कोर बनाएको छ । यसअघि सन् २०२१ को टी–२० विश्वकपमा श्रीलंकाविरुद्ध उसको सबैभन्दा कम स्कोर ९६ रन थियो ।

–अष्ट्रेलियाविरुद्ध सबैभन्दा कम स्कोरमा अलआउट हुने टिम नामिबिया बनेको छ । यसअघि २०२१ को टी–२० विश्वकपमा अष्ट्रेलियाले बंगलादेशलाई ७३ रनमा अलआउट गरेको थियो ।

–नामिबियाका कप्तान जेर्हार्ड इरास्मसको नाममा लज्जास्पद कीर्तिमान दर्ता भएको छ । १७ बलपछि इरास्मसले खाता खोले । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी बलमा खाता खोल्ने कीर्तिमान इरास्मसको नाममा दर्ता भएको छ । यसअघि यो कीर्तिमान केन्याका तन्मय मिश्राको नाममा थियो, जसले सन् २००७ मा पाकिस्तानविरुद्ध १६ बलमा आफ्नो खाता खोलेका थिए ।

–नामिबियाले टी–२० विश्वकपमा पहिलो १० ओभरमा दोस्रो सबैभन्दा कम स्कोर बनाएको छ । नामिबियाको टोलीले अष्ट्रेलियाविरुद्ध १० ओभरमा ५ विकेट गुमाएर २७ रन बनाउन सक्यो । सन् २०१२ मा इङ्ल्यान्डविरुद्ध १० ओभरमा ८ विकेट गुमाएर २६ रन बनाएको अफगानिस्तानको कीर्तिमान अझै कायम छ ।