२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्रपछि विकासका बहुआयामिक द्वार खुलेका छन्ः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ



अ+ अ-

काठमाडौँ: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा गणतन्त्र आएपछि विकासका बहुआयामिक द्वारहरु खुलेका बताउनुभएको छ । गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रर्दशनीको आज अवलोकनपछि उहाँले पूर्वाधार विकास, जलविद्युत्लगायत क्षेत्रमा बहुआयामिक विकासका द्वार खुलेका बताउनुभयो ।

“गणतन्त्र आएपछि केही पनि भएको छैन भन्ने जुन नकारात्मक भाष्य निर्माण भएको छ, त्यसलाई चिर्न प्रर्दशनमा राखिएका केही नमूना तस्बिरले महत्वपूर्ण सामग्रीका रुपमा काम गरेको छ”, पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “गणतन्त्र आएपछि देशमा निरन्तर बहुआयामिक परिर्वतनका द्वारहरु खुलेका छन्, विकासका प्रयासहरु भएका छन्, कुनैमा नजिता प्राप्त भएको छ, कुनै निर्माणाधीन अवस्थामा छन् ।”

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपालमा विकासको सम्भावना तथा विकास गर्न सकिन्छ भन्ने सन्देश तस्बिर प्रदर्शनीले स्पष्टरुपमा देखाएको बताउनुभयो । उहाँले नेपाल विकासको चरणमा प्रवेश गरेको तस्बिरले देखाएको बताउनुभयो । “राससले आयोजना गरेको ‘गणतन्त्रपछिको उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ विषयक फोटो प्रदर्शनी निकै महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “यहाँका तस्बिर हेरेपछि नेपाल विकासको चरणमा छ भन्ने स्पष्ट हुन्छ ।”रासस

 




भर्खरै