२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तातो हावाको लहर (लू) प्रतिकार्यमा जुटौँ’



अ+ अ-

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको  अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले बाँकेको नेपालगञ्ज, रुपन्देहीको सिद्धार्थनगर, कैलालीको धनगढी र मोरङको विराटनगरमा तातो हावाको लहर (लू) प्रतिकार्य कार्यक्रमका गतिविधिहरू सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत समुदायका लूबाट बच्ने उपाय र सार्वजनिक स्थानमा खानेपानी वितरण गरिरहेको छ ।

गर्मी याममा असामान्य रूपमा अत्यधिक तापक्रम बढी तातो हावा चलेको अवस्थालाई तातो हावाको लहर वा ‘लू’ भनिन्छ । बढी गर्मीका कारण थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुख्ने, वाकवाकी लाग्ने, हातगोडा बाउँडिने, हातगोडा वा अनुहार सुन्निने र बेहोस हुने, मुटुको धड्कन बढ्न सक्ने जनाइएको छ । साथै छाला सुक्खा र रातो हुने, पिसाबको रङ पहँेलो हुने, श्वास फेर्न गाह्रो हुने र रक्तचाप कम हुने, एक सय चार डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आई बिरामी बेहोस हुने वा कोमाको लक्षण देखिन सक्छ ।

सीमान्तकृत समुदाय लक्षित गरी लू सम्बन्धी जनचेतनाका गतिविधिहरू सञ्चालन भइरहेको यहाँस्थित आइएफआरसीले जनाएको छ । ‘हिट एक्सन डे’अर्थात्  तातो हावा लू दिवस अवसरमा बुधबार आयोजित कार्यक्रममा आइएफआरसीका प्रमुख अजमद उल्लाले तातो हावा लूबाट प्रभावित नेपालको मधेस तराईका जिल्लामा नेपाल रेडक्रस सोसाइटी र आइएफआरसीका  साझेदार राष्ट्रिय सोसाइटीहरूको सहकार्यमा प्रतिकार्य र न्यूनीकरणका गतिविधि सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लू प्रतिकार्य र न्यूनीकरणका लागि यहाँका परम्परागत ज्ञान र सीपलाई उपयोगमा ल्याउँदै थप अनुसन्धान गर्नुपर्छ । यसबाट पर्ने जोखिमलाई घटाउँदै जानुपर्छ । यसका लागि समुदायलाई नै सक्षम बनाउनुपर्दछ । ”

सो कार्यक्रममा अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग ९युएसआइडी०का  इन्भाइरोमेन्ट एण्ड रिजिलियन्स कार्यालयका कार्यवाहक उपनिर्देशक डेभिड आरम्यानले लूबाट जोगिने उपायका बारेमा समुदायलाई पूर्वसचेत जगाउन आवश्यक रहेकामा जोड दिँदै जलवायु परिवर्तनका कारण तापक्रम बढ्ने क्रम जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वव्यापी समस्याका रुपमा रहेको तातो हावा लूको प्रतिकार्यका लागि सम्बन्धित सबै पक्षको सहकार्य र समन्वय आवश्यक छ ।” नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले हिट एक्सनका क्षेत्रमा सरकारको सहयोगीको रूपमा नेपाल रेडक्रसले स्थानीय निकायहरूसँग समन्वय गरी प्रतिकार्यका विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको बताउनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले तातो हावाबाट पर्ने प्रभाव र लेखाजोखा अझ गम्भीर रूपमा हुनुपर्नेमा जोड दिँदै तातो हावासँग सम्बन्धित सूचना, शिक्षा र सञ्चार सामग्री विभिन्न स्थानीय भाषामा तयार गरी प्रकाशन, प्रसारण गर्नुपर्छ भन्नुभयो ।  उहाँले भन्नुभयो, “यसका लागि सामाजिक सञ्जाल र एफएम रेडियो अझ प्रभावकारी र उपयोगी देखिएको छ । ”सो कार्यक्रममा युवा रेडक्रस सर्कलका स्वयंसेवकहरूले तातो हावाबाट बच्ने उपाय र अपनाउनुपर्ने सावधानीका विषयमा सन्देशमूलक नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा आइएफआरसीका  साझेदार राष्ट्रिय सोसाइटी  अमेरिकन, डेनिस, क्यानेडियन, ब्रिटिस रेडक्रसका प्रतिनिधि, युएसआइडी तथा बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका उच्च प्रतिनिधिको सहभागिता रहेको थियो । रासस




भर्खरै