२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप खेलाइएको न्युयोर्कको नासाउ काउन्टी स्टेडियम भत्काइँदै



अ+ अ-

एजेन्सी । सन् २०२४ को आईसीसी टी–२० विश्वकप वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गरिरहेका छन् । पहिलो पटक अमेरिकी टोली आईसीसीको प्रतियोगितामा सहभागी हुँदैछ र यी खेलहरू अमेरिकामा नै आयोजना हुँदैछन् ।

यसका लागि आइसीसीले यसअघि फ्लोरिडा र टेक्सासको मैदान छनोट गरे पनि खेल न्यूयोर्कको नासाउ काउन्टी स्टेडियममा खेलाउने निर्णय भएको थियो ।

यस स्टेडियममा भारतीय टोलीले आफ्ना तीन खेल खेलेको थियो र तीनवटै खेल भारतले जितेको थियो । हिजो भएको खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै सुपर ८ मा आफ्नो स्थान पक्का गरेको हो ।

यो खेलपछि भोलिदेखि यो रंगशाला भत्काउने काम सुरु हुनेछ । समाचार एजेन्सी एएनआईले एक भिडियो साझा गरेको छ जसमा बुलडोजरहरू स्टेडियम भत्काउन स्थलतिर गइरहेको देखिन्छ ।

आईसीसी टी–२० विश्वकप २०२४ को लागि न्यूयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियमको तयारीमा करिब ४०० करोड रुपैयाँ खर्च गरिएको थियो, जसमा क्रिकेटको लागि पहिलो मोड्युलर स्टेडियम तयार गरिएको थियो । हालै यसै रंगशालामा भएको खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै जितको ह्याट्रिक पुरा गरेको थियो ।

यो खेलपछि एएनआईले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेको छ, जसमा मैदानमा बुलडोजर देखिएका छन्, जसले यस स्टेडियमलाई छिट्टै भत्काउन लागेका छन् । यस स्टेडियमको कुल सिट क्षमता ३४ हजार छ र यो स्टेडियमले भारत र पाकिस्तानबीचको खेल सहित भारतका तीनवटै समूहका खेलहरू आयोजना गरेको थियो ।

नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियमको निर्माण सेप्टेम्बर २०२३ मा सुरु भएको थियो, त्यसपछि यो १०६ दिन भित्र सम्पन्न भयो । अब यो रंगशाला ६ साताभित्र भत्काइनेछ ।

यस स्टेडियममा भारत र अमेरिकाबीचको अन्तिम खेल खेलिएको थियो, जसलाई जितेर भारतले विश्वकपको सुपर ८ मा स्थान बनाएको थियो । अब भारतीय टोलीले समूहको अन्तिम खेलमा क्यानडाको सामना गर्नेछ ।