२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम आयोजना



अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका वडा ३० का अध्यक्ष दल बहादुर कार्की, वडा नं२९ का अध्यक्ष कुश ढकाल, वडा नं ३० का वडा सदस्य मनोज कुमार डंगोल, वडा नं ३०का वडा सचिव शम्भु बराल लगायत २०० जनाभन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, वागमती प्रदेश प्रमुख रूपेन्द्र वाग्लेले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवाहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

डिल्लीबजार शाखा प्रबन्धक श्रुती हाडाका अनुसार कार्यक्रमको मुख्य उदेश्य आफ्ना ग्राहकहरुमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराउनु रहेको छ ।

ग्लोबल आएमई बैंक लिमिटेड देशको एक अग्रणी बैंकको रुपमा स्थापित बैंक हो ।

यस बैंकले मुलुकको ७७ वटै जिल्लाहरुबाट ४६ लाखभन्दा बढी महानुभावहरुलाई उत्कृष्ट बैंकिङ् प्रदान गर्दै आइरहेको छ ।
वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम विगत केहि वर्षदेखि यस बैंकका सबैजसो शाखाहरु मार्फत हरेक वर्ष अभियानकै रुपमा संचालन हुँदै आएको छ ।