२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् भवनमा गोली हानी आत्महत्या गरेका गोलेको शव पोस्टमार्टमका लागि टिचिङ लगियो



अ+ अ-

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनभित्र गोली हानी आत्महत्या गरेका प्रहरी जवान अजीत गोलेको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।

बुधबार बिहान दोलखा घर भएका २२ वर्षीय गोलेले शौचालयमा गएर आफैँलाई गोली हानेका थिए ।

उनले संसद् भवनको दुई नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा आफैंले बोकेको इन्सास राइफलले गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

गोलेका आफन्तको उपस्थितिमा मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

उनी नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेशल टाक्स फोर्समा कार्यरत थिए । उनी २०७८ सालमा प्रहरीमा भर्ना भएका थिए। उनलाई बिहानको समयमा ड्युटीमा खटाइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।