२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले राष्ट्रिय खेलाडीलाई आवश्यक मासिक तलवको व्यवस्था गर्न नसकेकोमा एमाले सचिव आचार्य असन्तुष्ट



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का सचिव भीमप्रसाद आचार्यले सरकारले राष्ट्रिय खेलाडीहरुलाई आवश्यक मासिक तलव, भत्ताको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो । सचिव आचार्यले सबै प्रदेशमा रंगशाला निर्माण गर्न पनि सरकारलाई सुझाव दिनुभयो । उहाँले पालिकामा एउटा रंगशाला हुनुपर्ने र त्यसको लागि आवश्यक बजेटको व्यवस्था प्रदेश सरकारले गर्नुपर्ने प्रश्ताव पनि गर्नुभयो । सचिव आचार्यले सबै माध्यामिक तहको अध्ययनमा खेलकुदलाई अतिरिक्त विषयको रुपमा अनिवार्य व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘सात वटै प्रदेशमा रंगशाला निर्माण गर्नुपर्छ । त्यसको निश्चित समयसीमा मेरो चाँही ३ वर्षको छ । जिल्ला सदरमुकाममा त्यस्तै खालको रंगशाला निर्माण गर्नुपर्छ । र पालिकामा एउटा रंगशालाको निर्माण प्रदेश सरकारले गर्नुपर्छ । ठूला सहरमा निर्माणाधिन रंगशालाहरु निश्चित अवधि तोकेर निर्माण कार्य सम्पन्न गर्नुपर्दछ । क्रिकेट खेलले जुन प्रगति गरिरहेको छ । त्यसलाई ध्यान दिएर थप फुटबल, कराँते, यो धेरै मास इन्भल्व भएको खेल हो । लाखौँलाख मानिस यसमा इन्भल्व छन् । फुटबल पनि इन्टरनेशनल स्तरको खेल हो । जेजति खेलमा नेपालले दख्खल हासिल गर्दै गएको छ । ती सबै खेलका राष्ट्रिय स्तरका खेलाडीहरुलाई मासिक तलवभत्ता, जीविकोपार्जनको व्यवस्था यो बजेटले गर्न सक्नु पर्दथ्यो । र प्रत्येक स्कुलमा खेलकुदको अतिरिक्त पढाई हुनुपर्छ । प्रत्येक प्रदेशमा मा १/१ वटा खेलकुद कलेज व्यवस्था गर्नुपर्छ ।’

सचिव आचार्यले सबै प्रदेशमा १/१ वटा खेलकुद कलेजको व्यवस्था गर्न पनि सरकारलाई दबाब दिनुभयो ।