२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०५ वर्षकी हजुरआमाले लिइन् मास्टर्स डिग्री



अ+ अ-

काठमाडौं । अध्ययनलाई उमेरले छेक्दैन । यो भनाइलाई चरितार्थ गर्दै अमेरिकामा १ सय ५ वर्षीया हजुरआमाले स्नातकोत्तर अर्थात् मास्टर्स डिग्रीको उपाधि लिएकी छन् ।

अमेरिकी महिला भर्जिनिया हिस्लपले क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीबाट मास्टर्स डिग्री हासिल गर्दै आफ्नो शिक्षा पूरा गरेकी हुन् । हिस्लपले गत आइतबार स्ट्यानफोर्ड युनिभर्सिटीबाट शिक्षामा कलाको मास्टर्स डिग्रीको उत्सव मनाइन् ।

पढाई छाडेको ८३ बर्षपछि उनले यो क्याम्पस डिग्री हासिल गरेकी हुन् । आफूले यो डिग्रीको साथ मान्यता पाउँदा खुसी लागेको उनले बताइन् । सन् १९४१ मा दोस्रो विश्वयुद्धमा अमेरिकाको प्रत्यक्ष संलग्नताको पूर्वसन्ध्यामा उनको मंगेतरलाई अमेरिकी सेनामा बोलाइने तयारी हुँदा हिस्लपले थेसिस बाँकी छाडेकी थिइन् ।

उनले सन् १९३६ देखि स्ट्यानफोर्डमा पढ्न सुरु गरेकी थिइन् । स्नातकोत्तर अध्ययनमा सुरु गर्नु अघि त्यहीबाट स्नातक गरेकी थिइन् । उनले कानून पढ्न चाहन्थिन् । तर उनको बुबाले कानून पढ्नका लागि शुल्क नतिरेपछि उनले शिक्षामा डिग्री रोजिन् ।

हिस्लपले स्नातकोत्तरको लागि पढाई पूरा गरिसकेकी थिइन् । केबल उनको थेसिसको अन्तिम संस्करणमा मात्र परिवर्तन गर्न बाँकी थियो । त्यहीबेला उनले शहर छोडिन् । र ओक्लाहोमामा फोर्ट सिलमा आफ्नो पतिको आर्मी पोस्ट नजिकै हनिमुन मनाइन् । यसो गर्नु आफ्नो रोजाई नभएको तर अरु विकल्प पनि नभएको उनले बताइन् ।

क्यालिफोर्निया हुर्किएकी उनी युद्ध पछि पति जर्जसँग वाशिंगटनमा बस्न थालिन् । त्यहाँ उनले पशुपालनको पारिवारिक व्यवसायमा सघाइन् । उनीहरूले दुई छोराछोरी हुर्काए । जसले गर्दा उनले पढाईलाई अगाडि बढाउन सकिनन् । उनी अध्यापन पेशामा पनि फर्किन सकिनन् । तर उनले शैक्षिक सुधारका क्षेत्रमा भने धेरै काम गरेकी छन् ।

१०५ वर्षको उमेरमा आएर मास्टर्स डिग्रि लिएर उनले शिक्षाप्रतिको लगावलाई त उदाहरणका रुपमा प्रस्तुत गरेकी छन् नै उनी आमअमेरिकीहरुकी प्रेरणाकी स्रोतसमेत भएकी छन् ।