२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाँडा माझ्ने धनी दम्पत्ति



अ+ अ-

सन् १९७५ मा अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका सह संस्थापक रहेका बिल गेट्सले सन् १९९४ मा कम्पनीकी कर्मचारी मेलिण्डासँग विवाह गरेका थिए । माइक्रोसफ्ट कम्पनीका मालिक विल गेट्स हुन् । बिल गेट्स र उनकी पत्नी मेलिण्डा गेट्स दुवै विश्वकै सबैभन्दा धनी जोडी बनेको देखाएको थियो ।

उनको ब्यपार बिजनेसका बारेमा हामीले थुप्रै खबरहरू थाहा पाउँदै आएका छौ । तर आज भने हामी उनको व्यक्तिगत (निजी) जीवनको बारेमा चर्चा गर्ने छौ । मेलिण्डा गेट्स बिल गेट्स की पत्नी हुन् । उनले विवाह गरेको २५ वर्ष बितिसकेको छ ।

दम्पत्ती विगत २५ वर्षदेखि हरेक राति भाँडा माझ्दै आइरहेका छन् । धेरैले सोच्छन् धनि व्यक्तिहरुको जीवनल निकै तामझामका साथ बित्छ । उनीहरुले केही काम गर्दैनन् ।

घरमा काम गर्नेहरु प्रशस्तै हुन्छन् । प्रशस्तै आराम मिल्छ भन्नेहरुको लागि यो जोडी यस्तो उदाहरण बनेको छ । जसले आम मानिसले झै साधरण जीवन बिताएका छन् । उनीहरु प्रायः आफ्नो खाना आफै बनाउँछन् अनि सँगै भाँडा माझ्छन् ।

मेलिन्डा पति पत्नीको काम बाँडफाँड गरेर गर्नुपर्ने कुरामा विश्वास गर्छिन् । यसले परिवारमा खुसी छाउने उनको भनाई छ । सन् १९८७ मा मेलिन्डा बिल गेट्सकै कम्पनी माइक्रोसफ्टमा काम गर्दा उनीहरुको भेट भएको थियो । काम गर्दा गर्दै नजिक भएका उनीहरुले सन् १९९४ मा बिहे गरेका थिए ।