२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा सदस्यहरुको यसरी गरियो स्वाब संकलन (फोटो फिचर)



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुको कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।  

राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुक्रबार (भोलि)बाट शुरु हुने भएपछि आज (बिहीबार) पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

अधिवेशनको पहिले बैठकको अघिल्लो दिन सबै सदस्यहरुको निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको संसद सचिवालयले बताएको छ । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित सबै सदस्यहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । पीसीआरको रिपोर्ट शुक्रबार बिहान सम्म आउने र नेगेटिभ भएका सांसदहरु मात्रै अधिवेशनमा सहभागि हुन पाउनेछन् ।

सरकारले पुष ५ गते प्रतिनिधि सभा विघटन गरेकोले यसपटकको हिउँदे अधिवेसनमा राष्ट्रिय सभाको बैठक मात्रै सञ्चालन हुनेछ ।