२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

​​​​​​​हाम्रो टीम नेपालले यसरी बाड्यो न्यानो ब्लाङ्केट (फोटो फिचर)



अ+ अ-

काठमाडौं । कोभिड–१९ का कारण रोजगारी गुमाई भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सडक पेटीमा बस्न बाध्य मानिसहरुलाई ब्लाङ्केट वितरण गरेको छ ।

शनिबार थापाथली स्थित प्रसूति गृह पछाडि खाना खान आएका मानिसहरुलाई हाम्रो टीम नेपालले न्यानो ब्लाङ्केट वितरण गरेको हो । जाडो समयमा न्यानो कपडाको आवस्यकता पर्नेहरुको समस्यालाई ध्यान दिएर विभिन्न दाताहरुबाट प्राप्त भएको ब्लाङ्केट वितरण गरिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताउनुभयो । ‘भोक मुक्त, नाङ्गो मुक्त र भेदभाव मुक्त राष्ट्र निर्माण’ अन्तर्गत घरबार बिहीन भई सडक पेटीमा बस्न बाध्य मानिसहरुलाई जाडो समयमा प्रयोग गर्ने ब्लाङ्केट वितरण गरिएको पन्तले बताउनुभयो ।

कोभिडका कारण गत चैत ११ गते देखि लकडाउन भएपछि रोजगारी गुमाएर खाना खान नपाएका व्यक्तिहरुलाई हाम्रो टीम नेपालले निःशुल्क खाना खुवाउँदै आएको छ ।