२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड-नेपाल समूह नाराबाजी गर्दै हिँड्यो माइतीघरबाट निर्वाचन आयोगतिर (फोटो फिचर)



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूहले माइतीघर मण्डलाबाट संसद विघटन विरुद्धको आन्दोलन शुरु गरेको छ ।  

शुक्रबार प्रचण्ड–माधव समूहका शीर्ष नेताहरु अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, विघटित प्रतिनिधि सभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरु लगायतका नेता कार्यकर्ताहरु उपस्थित भएर संसद विघटन विरुद्धमा आन्दोलन शुरु गरेका हुन् । 

नेताहरुले ‘प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम खारेज होस्’, ‘हामी यहाँ छौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित नेताहरु उपस्थित भएका छन् । विरोध प्रदर्शनमा नेता कार्यकर्ताले नाराबाजी समेत गरेका थिए । प्रचण्ड–माधव समूहको बिहिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । 

शुक्रबार काठमाडौँमा केन्द्रीय सदस्यहरु, विघटित प्रतिनिधि सभाका सांसदहरु लगायतको उपस्थितिमा बिरोध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । शुक्रबार नै दिउँसो २ बजे अध्यक्षद्धय प्रचण्ड र नेपालले पत्रकार सम्मेलन गर्दैछन् ।