२३ असार २०८३, मंगलवार
,
Latest
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव साढे ३ बजे दर्ता भएको पुष्टि



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव साढे ३ बजे दर्ता भएको पुष्टि भएको छ। संघीय संसद सचिवालयले एक विज्ञाप्ती जारि गर्दै पुस ५ गते साढे ३ मा अविश्वासको प्रस्ताव दर्ता भएको जनाएको हो ।  

संसदका प्रवक्ता रोजनाथ पाण्डले संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको वारेमा स्पष्ट पार्दै 

‘संघीय संसद सचिवालयमा २०७७ पुस ५ गते दर्ता गरिएको अविश्वासको प्रस्तावको दर्ता समयलाई सलएर विभिन्‍न सञ्चार माध्यममा आएको समाचारको सबन्धमा सचिवालयको ध्यानाकर्षण  भएको’ उल्लेख गर्दै ३:३० मा दर्ता भएको जानकारी दिएको छ।

‘अविश्वासको प्रस्ताव प्रतिनिधिसभाका सम्मानीय सभामुखज्यूसमक्ष पेस गरी कार्यव्यवस्था शाखा (प्रतिनिधिसभा) मा दर्ता हुने प्रचलन रहेको र २०७७ पुस ५ गतेका दिन पनि सम्मानीय सभामुखज्यूलाई सम्वोधन गरी बिधिवत रूपमा पेस भई सम्मानीय सभामुखज्यूको तोक आदेश भए पछि सोही दिन अपरान्ह ३:३० बजे कार्यव्यवस्था शाखा (प्रतिनिधिसभा) मा दर्ता भएको व्यहोरा जानकारी गराइन्छ’ प्रवक्ताले पाण्डेल प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्। 

हेर्नुहोस् विज्ञप्ति




भर्खरै