२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको चोक चोकमा यसरी तैनाथ छन् प्रहरी (फोटो फिचर)



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको राजनीति पार्टी फूटको दिशातिर गएपछि राजधानीमा सुरक्षा सतर्कता बढाइएको छ । 

काठमाडौंको मुख्य चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डफ्फा तैनाथ गरिएको छ । बर्दी सहितको प्रहरीको अलवा सादा पोशाकका प्रहरीलाई पनि उत्तिकै संख्यामा खटाइएको छ । 

नेकपा भित्रको दुई खेमाको समानान्तर बैठक बोलाइएको स्थानहरुमा समेत बाक्लो संख्यामा प्रहरी खटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरोधमा भूमिगत राजनीति गरिरहेको नेपाल कम्युनिष्ट पार्टी माओवादीको विप्लव समूहले समेत विरोध गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । 

विभिन्न राजनैतिक दलले गर्ने विरोध प्रदर्शनमा विप्लव समूहको घुसपैठ समेत हुन थालेपछि सुरक्षा निकायले निगरानी बढाएको छ । काठमाडौंको रत्नपार्क वरिपरिको क्षेत्र, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने क्षेत्र, त्रिपुरेश्वर, सुन्धारा, लैनचौर, प्रदर्शनीमार्ग लगायतका क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ ।




भर्खरै