२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालय उद्धार सङ्घमा नयाँ नेतृत्व



अ+ अ-

काठमाडौं । हिमालय उद्धार सङ्घ (एचआरए) को अध्यक्षमा पर्यटन व्यवसायी हरिप्रसाद धरेल निर्वाचित हुनुभएको छ । शुक्रबार काठमाडौँमा सम्पन्न एचआरएको निर्वाचनमा अध्यक्ष धरेलसहित ११ पदाधिकारी तथा सदस्य निर्वाचित भएका हुन् ।

अध्यक्षबाहेक बाँकी सम्पूर्ण पद निर्विरोध निर्वाचित भएका थिए । अध्यक्षमा हरिप्रसाद धरेल २४ मत ल्याएर विजयी हुनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी वसन्तबहादुर हमालले जम्मा सात मत प्राप्त गर्नुभएको थियो । 

निर्विरोध निर्वाचित हुनेमा क्रमशः उपाध्यक्ष कुमार रानाभाट, महासचिवमा श्रीराम खत्री, कोषाध्यक्षमा सुशील अधिकारी तथा सदस्यमा विक्रम न्यौपाने, डिबी कोइराला, डम्बर पराजुली, सदस्यमा पृथ्वी श्रेष्ठ, परशुराम कार्की तथा सहयोगी सदस्यमा गोविन्द घिमिरे र यादव अधिकारी रहनुभएको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।