२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोध्याधाम गुरुयोजनासहित डीपीआर तयार



अ+ अ-

माडी। चितवनको माडीमा अयोध्याधाम निर्माण गर्न गुरुयोजना सहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । डेकोर स्टुडियो प्रालिले अयोध्याधामको गुरुयोजना सहितको डीपीआर बनाएको सो संस्थाका निर्देशक मनोज गुप्ताले जानकारी दिनुभयो । “प्रधानमन्त्री कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र माडी नगरपालिकाको समन्वयमा गुरुयोजना सहितको डीपीआर तयार गरिएको हो”, उहाँले भन्नुभयो ।

त्यहाँ निर्माण हुने मन्दिरहरूको नक्सासमेत बनाइएको उहाँले जानकारी दिनुभयो । अयोध्याधामको गुरुयोजनाअनुसार काम सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपियाँदेखि तीन अर्ब रुपियाँसम्म खर्च लाग्ने प्रक्षेपण गुरुयोजनामा छ । गुरुयोजनाअनुसार काम सम्पन्न भए दुईदेखि तीन वर्ष लाग्ने बताइएको छ । भगवान् श्रीरामको भव्य मन्दिर निर्माणका साथै राजा दशरथले राज्य सञ्चालन गरेको दरबार, धर्मशाला, घोडसार, उद्यान तथा आधुनिक बसपार्क, विवाह मण्डप, वाल्मीकि आश्रम निर्माण गुरुयोजनामा समेटिएको छ । यस्तै लक्ष्मण वाटिका, अशोक वाटिका, जटायु पार्क, वाल्मीकि आश्रम निर्माणलाई पनि गुरुयोजनामा समेटिएको छ ।

नेपालका चारै धाम पशुपति, वराह, मुक्तिनाथ र रिडीको मन्दिर निर्माणलाई पनि गुरुयोजनामा समावेश गरिएको छ । अयोध्याधामको चरणबद्ध विकास गर्ने योजनाअनुरूप पहिलो चरणमा राम, सीता, लक्ष्मणको मन्दिरसँगै गणेश र भगवतीको मन्दिर निर्माण अगाडि बढाउन प्रस्ताव गरिएको छ । २०७८ सालको रामनवमीका दिन भगवान राम, सीता र लक्ष्मणको मन्दिर अनावरण गर्ने गरी निर्माण योजना अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन रहेको माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो ।
“२०७८ सालको चैतमा पर्ने रामनवमीका दिनमा अनावरण गर्ने गरी भगवान् राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति निर्माण कार्यलाई तीव्रता दिइनेछ”, नगर प्रमुख ढकालले भन्नुभयो ।

अयोध्याधाम निर्माणका लागि माडी नगरपालिकाले एक सय बिघा जग्गा हस्तान्तरण गर्ने निर्णय गरिसकेको छ । यस्तै नगरपालिकाको वडा नं। ८ मा रहेको थप ५० बिघा जग्गा पनि अयोध्याधामलाई उपलब्ध गराउने निर्णय नगरपालिकाले गरिसकेको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामै अयोध्याधाम बनाउने प्रक्रिया सुरु गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा गत असार २९ गते बालुवाटारमा आयोजित कार्यक्रममा भगवान् राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको बताएपछि यस विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको छ । त्यसपछि माडीमा अयोध्याधाम निर्माणको पहल तीव्र रूपमा अगाडि बढेको हो । गत साउन २४ गते बालुवाटारमा माडी नगरपालिकाका प्रमुख ढकालसहितको प्रतिनिधिमण्डल सँगको भेटमा प्रधानमन्त्री ओलीले अयोध्याधाम निर्माणको योजना अगाडि बढाउन निर्देशन दिनुभएको थियो । गोरखापत्र दैनिक