२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता रहेका छन् दाँत सुरक्षाका लागि ७ सूत्र (भिडियोसहित)



अ+ अ-

काठमाडौं । मुख स्वास्थ्य भन्ने वित्तिकै शरिरको प्रमुख द्वार पनि हो र एना पनि हो । यो जन्मनु भन्दा अगाडि बच्चा नाबीसँग जोडिएको हुन्छ र त्यो नाबीबाट बच्चाले सम्पूर्ण चिज प्राप्त गर्न सक्छ भने जन्मिसकेपछि सम्पूर्ण चिजहरु मुखबाट प्राप्त गर्दछ । मुख भनेको अतिआवश्यक अंग हो, कुनै रोग भित्र छ भने पनि बाहिर देखिन्छ । त्यसैले मुखलाई एना पनि भन्छौ । मुखबाट राम्रो पनि खान्छौँ, नराम्रो पनि खाने गर्छौ । मुखले नै राम्रो पनि बोल्ने गछ्र्रौ, नराम्रो पनि बोल्छौँ । मुख स्वास्थ्यको मात्र हेरचाह गर्दा पनि ९० प्रतिशत रोग लाग्न पाउदैनन् । यही मुखको सबैभन्दा महत्वपूर्ण अंग हो  दाँत । त्यसैले  दाँतको सरसफाई र स्वस्थताका विषयमा ओम समाज डेन्टल हस्पिटलमा कार्यरत मुख तथा अनुहार शल्यचिकित्सक डा. सुवास घिमिरेले यस्का ७ सुत्रहरुका बारेमा बताउनु भएको छ । 

१) व्यायम – मुखको व्यायम गर्न एकदम आवश्यक रहेको छ । मुखमा पनि शरिरमा जस्तै नशा तथा धमनी हुने हुँदा मुखलाई पनि व्यायम आवश्यक पर्छ । शरिरको व्यायम मुखको लागि अत्यन्त जरुरी छ । यदि हामीले दैनिक व्यायम गर्यौ भने मुखसँगै शरिर पनि स्वास्थ्य रहन्छ ।  

२) खानु पर्ने कुराहरु– मुख खानको लागि प्रमुख द्वार भएको हुना राम्रो नराम्रो खाना मुखबाटै खान्छौं । त्यसैले राम्रो खाने कुरा खान सक्दा मुख स्वास्थ्य रहनका साथै शरिर पनि स्वास्थ्य रहन्छ । दैनिक एक स्याउ खादाँ तपाईलाई रोग लाग्दैन । त्यसैले बाहिरको प्याकेटको खाने कुराहरु भन्दा घरको खाना खाँदा राम्रोे हुन्छ । 

३) खान नहुने कुराहरु – चिनी जन्य कुराहरु नखाने, शुर्ति जन्य पदार्थहरु नखाने जस्तै खैनी, गुड्का, चुरोट, रक्सी सेवन नगर्ने, प्याकेटका खाने कुरा नखाने, कडा चिज पनि नखाने जस्तै सुपाडी

४) आत्मबल र खुशी – आत्मबल दरो बनाउने हो भने मुख तथा शरिरका अधिकांश रोगहरु आफै निको हुन्छन् । 

५) मुखको हेरचाह – विहान उठ्ने वित्तिकै र राती सुत्न अघि ब्रस गर्न जरुरी छ । टोक्ने भाग, जीब्रोको भाग, गालाको भाग, दुई दातका बिचको भाग गरि पाँच भाग हुन्छन् ।  यी पाँचै भाग सफा हुने गरी ब्रस गर्दा मुखको ब्याकटेरियाहरु शरिर भित्र प्रवेश गर्न पाउँदैन । 

६) ब्रस र मञ्जन – सफ्ट अर्थात नरम ब्रस प्रयोग गर्ने, मञ्जन खरिद गर्दा ख्याल गर्नुस त्यो चिप्लो पदार्थको होस् । मुख तथा दात रोगीहरुले भने डाक्टरको सल्लाह अनुरुप ब्रस र मञ्जल प्रयोग गर्नु पर्दछ । 

७) नियमित परिक्षण– जन्मेको ६ महिनाको बच्चा देखि नियमित परिक्षण गर्न जरुरी छ । यदि सफा गर्न सकेनौ भने दातको सेप विग्रिने, टुक्रा भएर झर्ने जस्ता समस्याहरु आउन सक्ने छन् । त्यसले गर्दा  मुटुको समस्यासँगै अन्य धेरै शरिरिक समस्याहरु बच्चा देखिनै शुरु हुने गर्छ ।  

-न्युजपोलार/साझा कथाले तयार पारेको सामग्री