२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेश खारेज गर्न सर्वाेच्चमा रिट, राष्ट्रपतिसँग संसद बैठक माग !



अ+ अ-

काठमाडौ । संवैधानिक परिषदसम्बन्धी अध्यादेशको बिवाद शितल निवासदेखी सर्वोच्च अदालतसम्म पुगेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले सरकारले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेशले राज्यका निकायहरूको सन्तुलन विगारेको तथा संविधानमाथि नै जालसाझी गरेको दाबी गर्दे सर्बोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ । 

अध्यादेशले ‘संविधानको आधारभूत संरचना, संविधानवादका आधारभूत मूल्यमान्यता, संवैधानिक नियन्त्रण र सन्तुलन, संवैधानिक सुशासन, निष्पक्षता, पारदर्शिता, जवाफदेहीता जस्ता व्यवस्थालाई निस्तेज पारेको भन्दै अर्यालले सर्बोच्च अदालतमा रिट दर्ता गराउनु भएको हो ।  रिटमा अर्यालले  संविधानका आधारभूत संरचना भत्काउने गरी अवैद्य बाटोबाट गरिएको संविधानको संशोधन हो’ भन्दै अध्यादेश खारेज गर्न माग गर्नुभएको छ । 

उता संसदको विशेष अधिवेशन माग गर्दै सत्तारुढ दल  नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतल निवास गएका छन् । नेकपाका सासदहरु डा. भीम रावल, पम्फा भुसाल  सहितका सांसदहरु विशेष अधिवेशन आह्वान गर्नुपर्ने पत्र लिएर राष्ट्रपति कार्यलय पुगेपनि कार्यलयका सचिब डा हरि पौडेलसंग सम्पर्क नभएपछि स्थायी समितको बैठकका भाग लिन धुम्बराही पुगेका छन् । सांसदहरुले लगेको पत्र राष्ट्रपति कार्यलयले दर्ता गरेको छैन ।