२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्व .अम्बिका श्रेष्ठले सम्पदा संरक्षण, महिला उद्यमशीलता तथा महिला सशक्तीकरणको क्षेत्रमा पुर्‍याउनुभएको योगदान अतुलनिय रहेको जनाउनु भएको छ ।

दिवंगत श्रीमती अम्बिका श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दे पूर्वराष्ट्रपति भण्डारीले श्रेष्ठलाई सधैं सम्झिरहने जनाउनु भएको छ । अग्रणी पर्यटन तथा होटल व्यवसायी श्रीमती अम्बिका श्रेष्ठको २०८१ श्रावण ३ गते निधन भएको थियो ।

नेपालको मौलिक सांस्कृतिक सम्पदा संरक्षणका लागि ‘युनेस्को एसिया प्रशान्त सम्पदा पुरस्कार’ द्वारा सम्मानित मुलुककै पहिलो पाँचतारे सम्पदा होटल द्वारिकाजकी संस्थापक अम्बिका श्रेष्ठले गुणस्तरीय एवं वातावरणमैत्री पर्यटन तथा होटल व्यवसायमार्फत नेपाली कला, संस्कृति र सभ्यताको प्रवर्द्धन एवं सम्पदा संरक्षणको क्षेत्रमा अतुलनीय योगदान गर्नु भएको समवेदना पत्रमा उल्लेख छ ।

पूर्वराष्ट्रपति भण्डारीले तत्कालिन नेपाली समाजमा महिलाहरू चुलोचौका र घरधन्दामा मात्र सिमित रहनुपर्ने सामाजिक मान्यतालाई चुनौती दिँदै पर्यटन तथा होटल व्यवसायका अतिरिक्त ‘फेडेरेशन अफ बिजनेस एण्ड प्रोफेसनल विमेन नेपाल’ ‘नेपाल हेरिटेज सोसाइटी’ ‘नेपाल जेसिस’ लगायत विभिन्न व्यवसायिक तथा सामाजिक संस्थाहरूको अध्यक्षको रूपमा सफल नेतृत्व प्रदान गर्नुभएकी श्रेष्ठले महिला सशक्तीकरणको क्षेत्रमा समेत उल्लेखनीय भूमिका खेल्नु भएको स्मरण गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ -अम्बिका श्रेष्ठ स्वदेशमै बसेर उद्यमशीलताको माध्यमबाट समाज र राष्ट्रको सेवा गर्न चाहने नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत हुनुहुन्छ ।

पूर्वराष्ट्रपति भण्डारीले दिवंगत श्रीमती अम्बिका श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दे छोरीहरु संङगीता  र विनिता लगायत समस्त शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।