२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जनताका आवाज सुनेन : नेता सिंह



अ+ अ-

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले सरकारले संसद्लाई विधि र प्रक्रियामा सञ्चालन हुन नदिएको आरोप लगाउनुभएको छ ।  नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य सिंहले सरकारले नारा र सपना मात्र बाँडेको दोषारोपण गर्नुभयो । 

पार्टी  पूर्वमहामन्त्री सिंहले सरकारले जनताका दुःखकष्टको आवाजलाई नसुनेको भनी चिन्ता व्यक्त गर्नुभयो । सरकारले परराष्ट्र नीति सञ्चालन गर्दा राष्ट्रको हितलाई ध्यानमा नराखी कम्युनिष्ट पार्टीको हितलाई मात्र प्राथमिकता दिएको आरोप लगाउँदै पूर्वउपप्रधानमन्त्री सिंहले कोरोनाका नाममा सीमा नाका बन्द गरी जनतालाई सास्ती भोग्नु परिरहेको अवस्थाप्रति तीनै तहका सरकार गम्भीर हुनु जरुरी छ भन्नुभयो ।