२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राजदुतको अभिव्यक्ति आपत्तिजनक: सांसद खान



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले चिनियाँ राजदुत छन् सोङले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणाप्रति निन्दा गर्नुभएको छ ।

मंगलवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै खानले यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले असार २८ मा त्रिशुली नदीमा खसेको दुई वटा बस र हराइरहेका यात्रुको खोजी गर्न भारतले टोली पठाउँदा चीनले आपत्ति जनाएको भन्दै जनमत पार्टीले निन्दा व्यक्त गर्ने बताउनु भयो । उहाँले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरे नेपाली जनताले सहन नसक्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो,‘एउटा मित्र देशले विज्ञ टोलीसहित बस खोज्न सहयोग गर्दा अर्को मित्र राष्ट्र चीनको राजदुतले बसमा सवार मधेसी, मुस्लिम, थारू, दलित समुदायका साथै सम्पूर्ण नेपाली र नेपालीको दु:खमा नुनचुक छर्ने निन्दनीय अभिव्यक्ति एक्समा लेख्नुभएको छ । यसमा नेपाल सरकार गम्भीर हुनुपर्छ । हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप कुनैपनि देशको राजदुतले गर्न सक्दैन । नेपाली जनताले सहन सक्दैन ।’

उहाँले चीनका राजदुतले सामाजिक सञ्जाल एक्समा समाचार शेयर गर्दै हराएको बस खोज्न भन्दा पहिला चुम्बक खोज भन्ने अभिव्यक्ति दिनु आपत्तिजनक रहेको बताउनु भयो ।