२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मोदीबेनी’ले ल्यायो ‘फुड एन्ड इन्टरटेन्मेन्ट अफर’, चलचित्रको टिकट देखाउँदा विभिन्न छुट पाइने



अ+ अ-

काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’ले ‘मोदीबेनी फुड एन्ड इन्टरटेनमेन्ट अफर’ ल्याएको छ। यो अफर अन्तर्गत नेपालभर यो चलचित्र हेर्ने दर्शकले चलचित्र हेरेको एक महिनासम्ममा विभिन्न रेस्टुरेन्टहरू तथा काठमाडौंका लोकल फार्म र स्काइवाकमा आकर्षक छुट सुविधा प्राप्त गर्नेछन्।

आन्तरिक पर्यटकको लागि प्रमुख आकर्षणमा रहेको काठमाडौंको कमलादीमा रहेको स्काइवाक टावरमा लाग्ने टिकट मूल्यमा रु। दुई सय छुट, स्काइवाककै कम्पाउन्डमा रहेको मेक्सिकन खाना ‘बरिटो’को लागि प्रसिद्ध बरिटो रेस्टुरेन्टमा रु. दुई सय छुट, काठमाडौंको बत्तिस पुतलीमा रहेको अतिथि रेस्ट्रोमा २० प्रतिशत छुट, सिटी सेन्टरको चौथो तल्लामा रहेको फुड कोर्टमा १५ प्रतिशत छुट तथा धुम्बाराहीमा रहेको लोकल फार्ममा रहेका सबै सामानमा १५ प्रतिशत छुट प्रदान हुनेछ।

त्यसै गरी, काठमाडौं बाहिर दाङको नारायणपुरस्थित भिएफएक्स सिनेमा हलमा रहेको रेस्टुरेन्टमा २० प्रतिशत, इटहरीको तरहरास्थित रिजन होटेल एन्ड म्युजिक क्याफेमा २० प्रतिशत छुट तथा नेपालगन्जका दुई रेस्टुरेन्टहरू रेड हाउस रेष्ट्रो, गुरुद्वारा रोड र कुटुम्ब क्याफे, धम्बोजीमा २० प्रतिशत छुट प्रदान हुनेछ।

यो अफरको लागि ‘मोदीबेनी’ चलचित्र हेर्नुपर्नेछ र अनलाइन वा हलबाट काटिएको टिकट देखाएपछि छुट प्राप्त गर्न सकिनेछ। अनलाइनबाट काटिएको टिकट भने प्रिन्ट गर्नुपर्नेछ। एउटै टिकटबाट माथि उल्लेखित सबै स्थानहरूमा एक पटकको लागि छुट प्रदान हुनेछ। यो अफर चलचित्र हेरेको दिनदेखि एक महिना सम्मको लागि कायम रहनेछ। नेपालभर जुनसुकै हलको लागि काटिएको टिकट यो अफरमा मान्य हुने बताइएको छ। यो अफरमा मद्यपान र धूम्रपानको भने छुट प्राप्त हुनेछैन।

डिनेष्ट इन्टरटेनमेन्टको ब्यानरमा दिलीप केसी र हरि श्रेष्ठले निर्माण गरेको यस चलचित्रमा शङ्कर कोइरालाको निर्देशन रहेको छ। यसमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, रेजीना उप्रेती, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, स्नेहा भट्टराई लगायतको अभिनय रहेको छ। यसमा आनन्द विक्रम क्षेत्रीको लेखन, उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन रहेको छ भने दीपेन्द्र गौतमको प्रोडक्सन डिजाइन, रोयल भीमसेनको पोस्टर डिजाइन तथा ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहेको छ। रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।