२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक हुनु अगावै बाहिर आउने कुराको अन्त्य गर्छौं: मन्त्री गुरुङ



अ+ अ-

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीपरिषद्का निर्णय सार्वजनिक हुनु अगावै सूचना दिनेकुराको अन्त्य गर्ने बताउनुभएको छ ।

सरकारले असार ३१ गते मन्त्रीपरिषद् बैठक बसेको २४ घण्टापछि मात्रै निर्णय सार्वजनिक गर्ने बताएको थियो । तर सरकारले लागू गर्न नसकेपछि सञ्चारकर्मीहरुले जिज्ञासा राखेका थिए । सञ्चारकर्मीहरुको जिज्ञासामा मन्त्री गुरुङले नियममा, ओहदामा बस्नेहरुले सरकारको निर्णय चुहाउन नहुने र सरकारको प्रवक्ताले नै २४ घण्टापछि सार्वजनिक गर्ने बताउनु भयो । उहाँले आगामी दिनमा सूचना चुहाउन नदिन सरकार लाग्ने बताउनु भयो । मन्त्रीहरु, मुख्यसचिव, सहसचिव जसको माध्यमबाट भएपनि सूचना चुहुन नदिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘साँच्चिकै नियममा, ओहदामा बस्ने सरकारको प्रवक्ताले भनेको अनुसार रहेर हामीले २४ घण्टामभित्रै सुन्छौँ भन्नेलाई मर्का पक्कै परेको छ । मेरो मनमा पनि प्रश्न उठेको छ । यो हाम्रो समस्या हो । क्याबिनेटमा भएको मन्त्रीपरिद्को प्रवक्ताले यस्तो कुरा भनेको छैन । मैले भन्नै मिल्दैन । हाम्रो नियम, पद्धतिले नभन्नु भनेको छ । तर चुह्यो । चुह्यो त पक्कै मन्त्रीहरुबाट, मुख्यसचिव, सहसचिवहरुबाट चुह्यो । अब समस्या समाधान हुँदै जान्छ । बासी न्युज पर्खिनुपर्ने र फ्रेस न्युज अरुले पाउने कुराको अन्त्य गर्नेछौँ । यो पद्धति कायम गर्ने पक्षमा छौँ । शुरुका दिनमा केही समस्या भएपनि हामी समाधान गर्दै जान्छौँ ।’

उहाँले शुरुका दिनमा केही समस्या भएपनि आगामी दिनमा समाधान गर्दै जाने बताउनु भयो ।




भर्खरै