२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय परिचयपत्र : जातीय र सांस्कृतिक पहिचानको पोशाक लगाउन बाधा नपर्ने



अ+ अ-

काठमाडौँ : गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्ने स्पष्ट पारेको छ ।

सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाइ रहेका सबै कार्यालयलाई परिपत्र गर्दै विभागले त्यसरी फोटो खिच्दा सिन्दुर, टीका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने उल्लेख गरिएको छ ।

विभागका महानिर्देशक युवराज कटेलले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातका सम्बन्धमा रहेका द्विविधा हटाइ सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन पनि मातहतका सबै कार्यालयलाई निर्देश गरिएको जानकारी दिनुभयो ।

उहाँले पठाउनुभएको चारबुँदे परिपत्रमा राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेस गरेको नागरिकताको प्रमाणपत्र बाहेकको अन्य कागजात राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा ‘स्क्यान’ गरी प्रविष्ट गर्ने प्रयोजनका लागि सम्भव भएसम्म सक्कल वा छायाँप्रतिमा सम्बन्धित व्यक्तिले सक्कलबमोजिम नक्कल ठीक छ भनी प्रमाणित गरेका आधारमा दर्ता प्रक्रिया अगाडि बढाउन भनिएको छ ।

यस्तै व्यक्तिको नागरिकतामा केही विवरण स्पष्ट नभएका खण्डमा अभिलेखबाट रुजुगरी विवरण दर्ताको व्यवस्था मिलाउन पनि भनिएको छ । कार्यालयमा अन्य जिल्लाका नागरिकले समेत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न आवेदन पेस गरेमा विवरण दर्ताको व्यवस्था मिलाउन परिपत्रमा उल्लेख छ । रासस