२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा कार्य सम्पादन बैठक पौष ४ गते



अ+ अ-

काठमाण्डौ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पौष ४ गते काठमाडौंमा बस्ने भएको छ । शनिबार अध्यक्ष पशुपतिशमशेर राणाको निवास महाराजगन्जमा बसेको त्रय अध्यक्षको बैठकले कार्य सम्पादन समिति बैठकको टुंगो लगाएको हो ।

उक्त बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टी संगठनको सुदृढीकरण, आगामी एकता महाधिवेशनको तयारी र भावी संघर्षका कार्यक्रम लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको सो पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपा र राप्रपा संयुक्तको एकता पछि गठन भएको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको दोश्रो बैठक हो । यसअघि गत असोजमा बैठक भएको थियो ।