२३ जेष्ठ २०८३, शनिबार
,
Latest
राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायनाड पहिरो: ध्वस्त भएका घरहरूमा चोरी, अहिलेसम्म ३६५ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । केरलाको वायनाडमा २९ जुलाईको राती भीषण वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३६५ पुगेको छ । जसमा ३० जना बालबालिका रहेका छन् ।

दुर्घटना भएको आज छैटौं दिन पनि आइतबार खोजी कार्य जारी रहेको छ । २०६ जना अझै बेपत्ता छन् ।

केरलाका मुख्यमन्त्री पी विजयनले शनिबार भने कि सरकारले वायनाड पहिरोमा आफ्नो घर र जग्गा गुमाएका मानिसहरूको पुनर्स्थापनाको लागि एउटा टाउनशिप निर्माण गर्नेछ ।

पहिरो प्रभावित क्षेत्रका बाँकी रहेकालाई यहीँ बसोबास गरिनेछ । राहुल गान्धी र कर्नाटक सरकारले पहिरो पीडितका लागि १०० घर बनाउने घोषणा पनि गरेको छ ।

पीटीआईका अनुसार, पहिरो पछि राहत शिविरमा बस्ने मानिसहरूले आफ्नो घरमा चोरी भइरहेको बताएका छन् । कतिपय मानिसहरु राति आएर घरबाट बहुमूल्य सामान चोर्ने गरेका छन् । उजुरी दर्तापछि अहिले प्रहरीले चोरलाई पक्रन गस्ती गरिरहेको छ ।