२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती र रुसी खोप मिसाएर पुनः परीक्षण गरिने, पहिलेभन्दा उत्कृष्ट नतिजा दिने आश



अ+ अ-

लन्डन । बेलायत र रुसका वैज्ञानिकहरूले यसअघि कोभिड–१९ विरुद्ध विकास गरिएका दुई खोप मिसायर पुनः परीक्षण गर्ने भएका छन् । बेलायतमा विकसित अक्सफोर्ड–अस्ट्राजेनेका र रुसको गमालेया रिसर्च इन्स्टिच्युटले निर्माण गरेको स्पुतनिक–५ खोपको सम्मिश्रणले पहिलेभन्दा उत्कृष्ट नतिजा दिने विश्वास वैज्ञानिकहरूको छ । दुई समान खालका खोप मिसाउँदा यसले मानिसमा प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उनीहरूको विश्वास छ ।

बीबीसीका अनुसार, रसियामा हुने परीक्षणमा १८ वर्षमाथिका मानिसलाई सहभागी गराउने योजना छ तर परीक्षणमा कति सहभागी हुन्छन्, स्पष्ट भइसकेको छैन । रुसको गमालेया इन्स्टिच्युटलाई खोप विकास गर्न लगानी गरेको रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले परीक्षण यही डिसेम्बर अन्त्यसम्ममा सुरु हुने बताएको छ । बेलायतस्थित बर्मिङ्घम विश्वविद्यालयका औषधि विज्ञानका वरिष्ठ उपप्राध्यापक एवं युरोपियन सोसाइटी फर क्लिनिकल फार्मेसीका अनुसन्धान विभाग प्रमुख डा. विभु पौड्याल दुवै खोपको सम्मिश्रण स्थापित मान्यता भएको र यसको परीक्षण सकिन ६ देखि ९ महिना लाग्न सक्ने बताउँछन् । उक्त प्रक्रियाले अहिलेको प्रभावकारितालाई झन् बढवा दिने बताउँदै पौड्यालले भने, ‘एकैखालको भन्दा दुई खालको जीवाणु प्रयोग गर्दा इम्युनिटीले राम्रो काम गर्ने सम्भावना हुन्छ ।’

यी दुवै खोपमा मान्छेमा लाग्ने रुघा र चिम्पान्जीमा लाग्ने रुघाको जीवाणु प्रयोग हुने डा। पौड्यालले जनाए । खोपको प्रभाव लामो समयसम्म रहोस् भन्ने सोचले यो प्रक्रिया अपनाइएको उनी बताउँछन् । अक्सफोर्डले अस्ट्राजेनेकासँगको सहकार्यमा तयार गरेको खोप सुरक्षित र प्रभावकारी भएको नतिजा द ल्यान्सेट जर्नलमा हालै सार्वजनिक भएको थियो । स्वतन्त्र वैज्ञानिकहरूले अध्ययन गरेको तथ्यांकले कोभिड संक्रमण कम हुनुका साथै बिरामी र मृत्यु हुने जोखिम पनि घटाएको देखाएको छ । अनुसन्धानमा ५५ वर्षमुनिका सहभागी थिए तर यस खोपले वृद्धवृद्धामा पनि काम गर्ने बताइएको छ ।

करिब दुई साताअघि अन्तरिम परीक्षणको नतिजा प्रकाशित गर्दा अनुसन्धानकर्ताहरूले उक्त खोप समग्रमा ७० प्रतिशत र न्यूनतम ६२ देखि अधिकतम ९० प्रतिशतसम्म प्रभावकारी रहेको बताएका थिए । अनुसन्धानकर्मीहरू वृद्धवृद्धामा खोपको प्रभावकारिता कस्तो हुन्छ भन्ने तथ्यांक संकलन गरिरहेका बताइएको छ । यस खोपलाई बेलायतको नियामक निकाय ‘मेडिसिन्स एन्ड हेल्थ केयर प्रोडक्टस् रेगुलेटरी एजेन्सी’ (एमएचआरए) ले अनुमति दिन बाँकी छ ।

बेलायत सरकारले अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोपलाई मान्यता दिएर गत मंगलबारदेखि आममानिसमा खोप अभियान सुरु भएको छ । उक्त खोपलाई बेलायतसहित अमेरिका, क्यानाडा, साउदी अरब, बहराइनजस्ता देशले पनि प्रयोगको अनुमति दिएका छन् ।

रुसी अधिकारीहरूले स्पुतनिक भी खोप ९२ प्रतिशतभन्दा बढी प्रभावकारी भएको बताएका थिए । उक्त खोप स्वास्थ्यकर्मी, शिक्षकहरू र सामाजिक कार्यकर्तालाई दिन सुरु भइसकेको बताइएको छ । तर, केही पश्चिमा वैज्ञानिकहरूले रुसले उक्त खोप विकासमा किन हतार गर्‍यो र यसको प्रभावकारिता कस्तो छ भन्नेबारे प्रश्न उठाएका थिए । यद्यपि रुसले ती नकारात्मक आलोचनालाई अस्वीकार गर्दै आएको छ । कान्तिपुर दैनिक