२३ असार २०८३, मंगलवार
,
Latest
नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज उखु किसानको करिब दुई अर्ब भुक्तानी नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार थपिए कोरोनाका ८ सय ९९ जना संक्रमित



अ+ अ-

काठमाडौं। शनिबार देशभर ८९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५ हजार २४२ जनाको पीसीआर परीक्षणबाट ८९९ जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार ३ सय ५९ जना निको भएसंगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ८९ पुगेको छ।