२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोकामाथि नागको तस्बिर टाँसेर र नाग पूजा गरेर नागपञ्चमी मनाइँदै – फोटोफिचर



अ+ अ-

काठमाडौँ । आज नागपञ्चमी । देशभर घरका ढोकामाथि नागको तस्बिर र नाग पूजा गरेर नागपञ्चमी मनाइँदै छ । साथै नागको मन्दिर वा पोखरीमा पूजा गरेर पनि नागपञ्चमी मनाउने चलन छ ।

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाउने गरिन्छ ।

यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने, साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा रहेको बराहपुराणमा उल्लेख छ ।

तस्बिरः न्यूजपोलार/रासस

काठमाडौँ महानगरपालिका–१ स्थित नाग पोखरीमा नागको पूजा आराधना गर्दै भक्तजन । आजको दिन नागको तस्बिर घरको ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । तस्बिर:हरिराम भेटुवाल/रासस


नागका चित्र किन्दै सर्वसाधारण
दाङको घोराही उपमहानगरपालिका–१५, बैंकरोडस्थित पसलमा शुक्रबार बिहान नागका चित्र किन्दै सर्वसाधारण । नागपञ्चमीको दिन घरको दौलोमा नागको फोटो टासेमा नागले रक्षा गर्छन् भन्ने जनविश्वास छ । तस्बिरः कुलदीप न्यौपाने /रासस
अम्बिकेश्वरीको मूल प्रवेश द्वारमा नागको चित्र टाँसिदै
दाङको घोराही उपमहानगरपालिका– १८ स्थित अम्बिकेश्वरी मन्दिरको मूल प्रवेश द्वारमा शुक्रबार बिहान नाग अङ्कित चित्र टास्दै मन्दिरका पूजारी । नागपञ्चमीका दिन घरको दैलोमा नागकोे फोटो टाँसेमा नागले रक्षा गर्छन् भन्ने जनविश्वास छ । तस्बिर : कुलदीप न्यौपाने/रासस