काठमाडौं । आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ९२ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५० निर्धारण गरिएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको हो ।
मंगलबार पनि तोलामा ७ सयले घटेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १२०० रहेको महासंघले जनाएको छ ।







