८ असार २०८३, सोमबार
,
Latest
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस मुस्ताङ आउने विदेशी पर्यटक बढे वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख: एमाले तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने भएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा सोबारेमा छलफल भएको हो ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आन्दोलनका स्वरुप बनाइ नयाँ ढंगबाट जनतामा जानेबारेमा अध्यक्ष पुष्पकमल दाहालले निर्देशित गर्नुभएको बताउनु भयो ।

उहाँले बैठकमा अध्यक्ष दाहालले वैचारिक, सांगठनिक, राजनीतिक र परिस्थितिकीय कार्यभारको बारेमा पनि धारणा राख्नुभएको जानकारी दिनुभयो ।

बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिव द्वय वर्षमान पुन र जनार्दन शर्मा, नेताहरु प्रशुराम तामाङ, सुरेन्द्रबहादुर कार्की, गणेशमान पुन, अग्नि सापकोटा, कुलप्रसद केसी, , गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणी खनालले आफ्ना धारणा राख्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अध्यक्षले वैचारिक, सांगठनिक, राजनीतिक र परिस्थितिकीय र हाम्रो कार्यभारको बारेमा धारणा राख्नुभयो । त्यसपछि वरिष्ठ उपाध्यक्ष नारयणकाजी श्रेष्ठले राख्नुभयो । प्रशुराम तामाङ, सुरेन्द्रबहादुर कार्की, उपमहासचिव जनार्दन शर्मा, गणेशमान पुन, अग्नि सापकोटाले, कुलप्रसद केसी, उपमहासचिव वर्षमान पुन, गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणी खनालले राख्नुभयो ।

अध्यक्षले आज ८ औं महाधिवेशनमा विचारको संश्लेषण गरेका थियौँ, अब अहिलेका लागि मार्ग निर्देशक सिद्धान्त त्यही नै हो । अब विगतका संश्लेषणहरुको अध्ययन गर्नुपर्छ । पछिल्लो अवस्थाको ठोस विश्लेषण गर्ने कुरामा राख्नुभयो ।

पार्टी सुदृढिकरण गर्नेकुरा राख्नुभयो । परिस्थिति जटिल भएको र त्यसका चुनौतिहरुको समाधान गर्न पार्टी सक्षम, सुदृढ हुनुपर्ने र त्यसका लागि सुदृढिकरण अभियान चलाउनुपर्ने बताउनुभएको छ । आन्दोलनका स्वरुप पनि नयाँ ढंगबाट सञ्चालन गर्नेकुरामा अघि बढ्ने र सदन प्रभावकारी बनाउने र सदन र सडक जोड्ने काम गर्ने । नयाँ कार्यक्रमसहित जनतामा जानेकुरामा जोड दिएर राख्नुभएको छ ।’

परिस्थिति जटिल भएको र त्यसका चुनौतिहरुको समाधान गर्न पार्टी सक्षम, सुदृढ हुनुपर्ने कुरामा नेताहरुले जोड दिएको पनि बताउनु भयो ।